Uncategorized

हिविस्कस वोडिङ स्कुलद्धारा साकेला नाच बारेमा विद्मार्थीहरुलाई जानकारी दिए


धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले विद्यार्थीहरुका लागि साकेला नाच र यसको महत्वका वारेमा विद्यार्थीहरुलाई जानकारी दिएको छ ।
स्कुलले शुक्रवार पुस्तक रहित कक्षाको पहिलो कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई श्यामचोकमा छुट्टै कार्यक्रमको आयोजना गरी सो विषयमा जानकारी दिएको हो ।
स्कुलले आयोजना गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष तथा सास्कृतिक अभियन्ता जनकऋषि राईले साकेला नाचको इतिहास र यसको धार्मिक महत्व र प्रकृति र यो नाचको सम्वन्धका बारेमा जानकारी दिएका थिए ।
चरा र प्रकृतिसंग रहेको सम्वन्धलाई साकेला नृत्य साकेला सिल्ली कलात्मक रुपमा नृत्य मार्फत जानकारी दिएको बताएका थिए । किराता जाति र प्रकृतिसंग सास्कृतिक सम्वन्ध रहेको समेत राईले स्पष्ट पारेका थिए ।
स्कुलका निर्देशक गंगाराम राईले नेपाल वहुभाषिक बहुसास्कृतिक वहुधार्मिक मुलुक रहेको र यसका विविध सास्कृतिक महत्व रहेकोले किरात राई समुदायले मनाउने साकेला नाचको महत्व र यसका विशेषताका वारेमा विद्यार्थीहरुलाई जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरीएको वताए ।
निर्देशक राईले सवै समुदायको चाड विशेषमा सम्वन्धित सवै जाति र समुदायको चाडको महत्व र विशेषताका वारेमा विज्ञ ल्याएर विद्यार्थीहरुलाई जानकारी दिने स्कुलको तयारी रहेको वताए ।
लिम्वु समुदायको चासोक, मगर समुदायको हुर्रा, गुरुङ समुदायको चाड, तामाङ समुदाय लगायत सवै जाति र समुदायको विशेष चाडहरुमा सम्वन्धित जाति र समुदायका विज्ञ ल्याएर सो विषयमा विद्यार्थीहरुलाई जानकारी दिने निर्देशक राईले बताए ।
हिविस्कस बाल क्लवकी अध्यक्ष निनाम्मा राईको अध्यक्षतामा भएको सो कार्यक्रममा श्याम चोक सेवा समाजका अध्यक्ष दिनेश रानामगर प्रमुख अतिथि रहेका थिए । श्याम चोक युवा समाजका अध्यक्ष ललित योञ्जन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षक नयन राईले गरेका थिए ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा