अपराध

जबरजस्ती करणी उद्योगमा बराक्षेत्र २ का भेषराज घिमिरे अदालतद्वारा दोषी ठहर

बराहक्षेत्र: जबरजस्ती करणी उद्योगमा २०८१ वैशाख ९ गते पक्राउ परी झुम्का कारागारमा पूर्वपक्षमा रहेका बराहक्षेत्र-२, पुनर्वास सुनसरी निवासी भेषराज घिमिरेलाई अन्तत: अदालतले दोषी ठहर गरेको छ ।

२०८२ बैशाख ११ गते जिल्ला अदालत सुनसरीले घिमिरेलाई दोषी ठहर गरेको हो ‌। घिमिरे बृहत्तर बराहक्षेत्र विकास समितिका तत्कालीन अध्यक्ष, आदर्श मा.वि. बराहक्षेत्र-२, सुनसरी का भू.पू. सह-प्राध्यापक, शंकराचार्य मठका तत्कालीन अध्यक्ष एवं नेकपा एमाले निकट राजनीतिमा सक्रिय व्यक्ति हुन । साथै राधाकृष्ण भक्ति प्रतिष्ठान एवं प्रथम जगतगुरु पिठ बराहक्षेत्र-१ सुनसरीको आफू सदस्य रहेको कुरा पनि उनले बताउँदै आएका थिए।

२०८० फागुन ३० गते पीडित बराहक्षेत्र ए कुमारी राति करिब ८:०० बजे आफ्नो कोठामा बसिरहेको अवस्थामा निज भेषराज घिमिरे कोठामा अचानक प्रवेश गरी बलात्कारको प्रयास गरेका थिए । पीडित महिला बराहक्षेत्र ए कुमारीले आफ्नो बचाउमा प्रतिकार गर्दा भेषराज अझ हिंस्रक बनी जबरजस्ती करणीको प्रयास गरिरहेका थिए । उक्त समयमा महिलालाई भेषराज घिमिरेले राधाकृष्ण भक्ति प्रतिष्ठान तथा प्रथम जगद्गुरु पिठको म खास व्यक्ति हुँ भन्दै धम्काएका थिए भने घटना घटिसकेपछि पनि निज घिमिरेको परिवारले पीडित महिलालाई पटकपटक विभिन्न आर्थिक प्रलोभन देखाउने अनेक तवरले फकाउने प्रयास गर्दै आएका थिए । पीडित महिला यी विभिन्न प्रलोभनमा नफसेपछि अदालतमा गइस् भने राम्रो हुँदैन भन्दै अङ्गभङ्ग गरिदिने धम्की‌ दिँदै आएका थिए।

समाजमा एकल महिलामाथि गरिने यस्ता प्रकारका जघन्य अपराध गर्ने अपराधीलाई अदालतले पोख्त प्रमाणका आधारमा दोषी ठहर गरी पीडितलाई न्याय दिलाएको छ । विगत एक वर्षदेखि चलिरहेको पीडित महिलाको सङ्घर्षलाई जिल्ला अदालत सुनसरीले उच्च सम्मानका साथ न्याय प्रदान गरेको छ । अदालतको यस्तो न्यायपूर्ण फैसलाले आजको समयमा पनि सत्य र न्याय जीवितै रहेको पीडित महिलाले बताइन । उनले पुनः भनिन् दोषीलाई कारबाही र पीडितलाई न्याय मिलेर सत्यको जित भएको छ ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ