
धरान: नेपाल विद्मार्थी संघ सुनसरीले जिल्ला भरि नेबिसंघबाट गत चैत ५ गते सम्पन्न भएको स्वतन्त्र विद्मार्थी युनियनको (स्ववियु) निर्वाचनमा निर्वाचित पदाधिकारी र कार्यसमिती सद्स्यहरुलाई बधाई साथै सम्मान गरेको छ।
शुक्रबार धरान १५ मा रहेको होटल धरान किचनको सभाहलमा बधाई तथा शुभकामना र सम्मान कार्यक्रम आयोजना भएको थियो। सो कार्यक्रमको प्रमुख अथिती नेपाली काँग्रेसका केन्द्रीय सद्स्य तथा नेबिसंघ निवर्तमान अध्यक्ष राजिब ढुगानाले राज्यको शिक्षा नीति सीप र स्वरोजगार मुखी हुनु पर्छ यसको लागि नेबिसंघको नेतृत्वमा विद्मार्थीहरुले राज्यलाई दबाब दिनु पर्ने बताउनु भएको थियो।
उहाँले भोलीको राज्य संचालन गर्ने भने कै आजको युवा विद्मार्थीहरु नै भएकोले आजै बाट सक्षम बन्दै अगाडि बढनु पर्छ, नेबिसंघको मातृ पार्टी नेपाली काँग्रेसले पनि कुनै खराबी कार्य गरेमा खबदारी गर्दै नेबिसंघ सबै विद्मार्थीहरुको बर्गीय संगठन बनाउने पर्ने धारणा व्यक्त गर्नु भयो।
स्ववियुमा निर्बाचित विद्मार्थीहरुलाई कार्यसफताको शुभकामना र बधाई दिदै ढुगानाले विद्मार्थीहरुको हक हितमा सधै काम गर्दै क्याम्पसमा लाइबेरी, ल्याव र पिउने पानीको बारेमा विशेष ध्यान दिदै अगाडि बढनु पर्ने बताउनु भयो।
उक्त कार्यक्रममा नेबिसंघबाट सुनसरी भरी र सुनसरीका विद्मार्थी बाहिर जिल्लाको क्याम्पसमा स्ववियुमा निर्वाचित हुने सहित ६० जना पदाधिकारी र कार्यसमिती सदस्यहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।
सुनसरीका ७ वटा मध्ये पिण्डेश्वर विद्यापीठमा सर्वसम्मत नेतृत्व चयन भयो । ५ वटा कलेजमा भएको निर्वाचनमा नेविसंघले ४ क्याम्पसमा विजय हासिल गरेको थियो।
नेबिसंघ सुनसरीको अध्यक्ष प्रमोद भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस सुनसरी सचिव माधव घिसिङ, नेबिसंघ पुर्ब उपाध्यक्ष बिकास केसी, धरान नगर सभापती श्याम पोखरेल र नेबिसंघ केन्द्रीय सदस्याहरु लगायत नेताहरुको उपस्थीती रहेको थियो।
