शिक्षा

शिक्षकलाई सम्मान गर्दै एक्वा बोर्डिङको बार्षिकोत्सव सम्पन्न

धरान: एक्वा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान–१७ ले वार्षिक उत्सवका अवसरमा चारजना शिक्षकहरुलाई सम्मान गरेको छ ।
स्कुलले शनिवार एक कार्यक्रमका वीच शिक्षकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा जुनाहाङ्ग राई, सौगात राई, ललिता ल्वागुन र सुप्रिया शाह रहेकाछन् ।
सम्मानित शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहनगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघाले सम्मान–पत्रले सम्मान गरेका थिए ।
शिक्षकहरुलाई प्रोत्साहन मिलोस भन्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरीएको स्कुलका निर्देशक अनिश राईले वताउनु भयो । यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने निर्देशक राईले वताउनु भयो ।
सो अवसरमा वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरीएको थियो ।
सो अवसरमा विद्यार्थीहरुले नृत्य, गायन लगायतका विभिन्न अतिरिक्त कृयाकलापहरु गरेर अतिथि तथा अभिभावकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, गीत प्रस्तुत गरी अभिभावकहरु र अतिथिहरुलाई मनोरञ्जन प्रदान गरे।
स्कुलका निर्देशक अनिश राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक हर्क लिम्वुले गरेका थिए ।
विद्यार्थीहरु र अभिभावकको सन्तुष्टी नै हाम्रो चाहाना भन्ने नाराका साथ स्कुलले शैक्षिक गुणस्तर कायम गर्दै आएको निर्देशक राईको भनाई रहेको छ ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई