महिला/बालबालिका

मिसेस स्टेट २०२५ सिजन थ्री जेठ १७ मा हुने

डव्लु डव्लु जे (वुमन्स वर्थ ग्रुप) को आयोजनामा मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेश अयोजना हुने भएको छ ।
गृहणि महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थ्रीको ग्रान्ड फिनाले जेष्ठ १७ गते शनिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा हुने शनिवार सरकल क्याफेमा अयोजित पत्रकार सम्मेलनमा आयोजक वुमन्स वर्थ ग्रुपले जनाएको छ । वैवाहिक जीवन पछाडि पनि महिलाहरुमा भएको क्षमतालाई प्रदर्शन र अभिवृद्धि गर्नुपर्छ भन्ने सोचका साथ वुमन्स वर्थ ग्रुपले मिसेस स्टेट प्रतियोगिता आयोजनाको सुरुवात गरेको ग्रुपका अध्यक्ष सुजता श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराइन । उनिहरुको क्षमता अभिवृद्धि गर्न तथा भएको प्रतिभालाई प्रर्दशन गर्न मिसेस स्टेट प्रतियोगिता प्लेटफर्मको रुपमा रहेको अध्यक्ष श्रेष्ठले वताइन ।

सन २०१८ मा स्थापना भएको ग्रुपले स्थापना भएको साल देखि नै विवाहित महिलाहरुको क्षमता अभिवृद्धिका लागि मिसेस स्टेटको पहिलो संस्करण सुरु गरेको हो । पहिलो र दोस्रो संस्करण सफलतापुर्वक संपन्न पछि २०२० मा तेस्रो संस्करण तयारी गरिहदा कोरोना महामारी फैलिएपछि ग्रुपले आफ्नो सवै कार्यक्रमहरु स्थगित गरेको अध्यक्ष श्रेष्ठले वताइन । करिव ५ वर्ष पछि रोकिएको मिसेस स्टेटको तेस्रो संस्करणलाई निरन्तरता दिंदै वुमन्स वर्थ ग्रुप संस्थाले आफ्नो उद्धेश्य र योजनामा सक्रिय रुपमा काम अगाडि वढाउन सुरुवात गरेको आयोजक वुमन्स वर्थ ग्रुपले पत्रकार सम्मलनमा जानकारी गराए ।

मिसेस स्टेट २०२५ सिजन थ्रीमा सहभागिता लागि पहिलो अडिसन वैशाख ६ गते शनिवार धरान ९ पुतलिलाइन स्थित हाङकुक साराङ कोरियन रेष्टुरेन्टमा हुनेछ । दोस्रो अडिसन वैशाख १३ गते धरान १० पुतलि लाइन स्थित चौथो रेष्टुरेन्टमा हुनेछ र वैशाख १८ गते विहिवार अडिसनमा छनौट भएका प्रतिश्पर्धि र उनिहरुको अभिभावक संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने आयोजक समितिका सचिव ज्योति राईले जानकारी गराइन । छनौट भएकाहरुलाई वैशाख २० गते देखि तिन हप्ता सम्म विभिन्न विद्यामा प्रशिक्षण गराइने अयोजकले जनाए । सहभागिहरुको क्षमता अभिवृद्धिका लागि उनिहरुलाई सम्वन्धित विज्ञहरु द्धारा नया संविधानमा महिला अधिकार, महिला सशक्तिकरण तथा लैंगिक समानता, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकरात्मक सोचाइ अभिवृद्धि तालिम, संस्कृती र पहिचान सम्वन्धि जानकारीमुलक तालिम, महिला स्वास्थ्य समस्या तथा समाधान सचेतना तालिम, प्राथामिक उपचार तालिम, उद्घोषण तथा भाषणकला तालिम, आधारभुत पत्रकारीता तथा फोटोग्राफि सम्वन्धि जानकारीमुलक कक्षा, टेवल शिष्टाचार तालिम, फिटनेस तालिम, आत्मरक्षा तालिम, विजनेस टक, पर्यटन पर्वद्धन कक्षा, अर्गानिक कृषि सम्वन्धि जानकारीमुलक भ्रमण, मेकअप तालिम, र्यामवक तथा क्याटवक सेसन र फोटो सेसन विषयमा तालिम तथा प्रशिक्षण समेत दिइने आयोजकले वताए ।

 मिसेस स्टेट २०२५ सिजन थ्रीका विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपले जनहि क्रमशः नगद  ५१ हजार रुपैया, २५ हजार रुपैया, १५ हजार रुपैया, क्राउन, ट्रफी र गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष रोजि श्रेष्ठले जानकारी गराइन । यसैगरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस  एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ । उनिहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।  

पत्रकार सम्मेलनमा आयोजक समितिका सदस्य छाया श्रेष्ठ, वरिष्ठ पत्रकार हर्ष सुब्बा, अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, कोरियोग्राफर डिजे ललित राई लगायतको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम