खेलकुद

२५ औं टेष्टी टेष्टी गोधुली रनिङ कप: १७ नं. वडा र १३ नं. वडा क्वाटर फाइनलमा प्रवेश


धरान: २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा विजयी हुँदै १७ नं. वडा र १३ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
धरानमा नै पहिलो पटक रात्रिकालिन फ्लड लाइटमा भइरहेको प्रतियोगितामा मंगलबार साँझ भएको पहिलो खेलमा ४ पटकको विजेता १७ नं. वडाले २० नं. वडालाई ३–० ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पराजित भएको २० नं. वडा भने प्रतियोगिताबाट बाहिरिएको छ । १७ नं. वडाकालागी कृष्ण राईले दुई गोल गरे भने पासाङ तामाङले एक गोल गरे ।
१ नं. वडालाई ४ गोल गर्दै प्रि क्वाटरमा १७ नं. वडासँगको भेट पक्का गरेको २० नं. वडाले १७ नं. वडासँगको खेलमा भने राम्रो प्रदर्शन गर्न सकेन । बी डिभिजन खेल्नकालागी १७ नं. वडाका केही सिनियर खेलाडी काठमाडौमा नै रहेपनि २० नं. वडासँग राम्रो खेल प्रदर्शन गरेको छ । खेलको म्यान अफ द म्याच १७ नं. वडाका कृष्ण राई घोषित भए । १७ नं. वडाले १८ नं. वडासँग क्वाटर फाइनलमा खेल्नेछ ।
त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा ४ नं. वडालाई २–० ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन १३ नं. वडा प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पराजित भएको ४ नं. वडा भने प्रतियोगिताबाट बाहिरिएको छ । १३ नं. वडाकोलागी सुशान्त राई र निकोलस राईले गोल गरे । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको ३४ औं मिनेटमा सुशान्त राईले गोल गर्दै १३ नं. वडालाई अग्रता दिलाएका थिए । सब्टीच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेको निकोलस राईले खेलको ७३ औं मिनेटमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच १३ नं. वडाका सुशान्त राई घोषित भए ।
आज बुधबार धरान वडा नं. ६ र वडा नं. १० बीच प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल हुनेछ । बुधबार साझ ६ः३० बजे धरान रंगशालामा वडा नं. ६ र वडा नं. १० बीच खेल हुने आयोजकले जानकारी दिएको छ । चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

मनोज मेवाहाङ राईद्वारा फुटबलबाट सन्यास

धरान–१३ का खेलाडी मनोज मेवाहाङ राईले खेलाडीको रुपमा खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनी सहभागी भए पश्चात १३ नं. वडाले २ पटक गोधुली कपको उपाधी जितेको थियो । यस पटक १५ मिनेट मैदानमा उत्रिका राईले सन्यासको घोषणा गरेपछि १३ नं. वडा कार्यालय तथा १३ नं. वडाको धरान–१३ स्पोर्टिङ क्लबले उनलाई मैदानमै सम्मान गरेको थियो । सम्मान पत्र तथा दोसल्ला ओढाएर धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले सम्मान गरेका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक