मनोरञ्जन समाचार

चलचित्र ‘अन्जिला’ को धरानमा ग्राण्ड प्रिमियर हेर्ने चलचित्रकर्मी र खेलाडीहरुको रुवावासी

धरान: यही फागुन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउनलागेको चलचित्र ‘अन्जिला’ को धरानमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । शुक्रबार धरान स्थित फ्रेण्ड्स सिनेमाजमा आयोजित रेड कार्पेट प्रिमियरमा चलचित्रकर्मी, खेलाडी र स्थानिय व्यवसायीहरुको बाक्लो उपस्थिती थियो ।

हङकङ र बेलायतको एल्डरसटस्थित एम्पायर हलमा ग्राण्ड प्रिमियर भैसकेपछी नेपालमै पहिलो पटक धरानमा ग्राण्ड प्रिमियर गरिएको हो । ग्राण्ड प्रिमियरको लागी भव्य सजावट , रेड कार्पेट ओछ्याएर तयारी गरेपनी चलचित्रको मुख्य अभिनेत्री अन्जिला तुम्बापो लिम्बु र अन्य मुख्य कलाकारहरुको उपस्थिती हुन नसके पनि कलाकार प्रकाश सुब्बा र बालकलाकार नमिक्षा मगरको भने उपस्थिती थियो । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पोको जीवनमा आधारित अन्जिला हेर्ने दर्शकले खुब रुचाए । चलचित्र हेरिरहेका दर्शकहरु हल भित्र रोइरहेको दृश्यले चलचित्रले दर्शकहरुको मन जितेको अनुमान लगाउन सकिन्छ ।
प्रिमियरमा मोफसलका चलचित्रकर्मी हरुको बाक्लो उपस्थिती थियो । चलचित्रकर्मीहरुले अन्जिलाको अभिनयको खुलेर तारिफ गरे, निर्देशक मिलन चाम्सको निर्देशनमा बनेका धेरै मध्ये अन्जिला धेरै उत्कृष्ट रहेको प्रतिकृया दिए । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङ अन्जिला आफुले सोचेभन्दा नि निकै राम्रो फेन्टास्टिक रहेको जनाए । उनले चलचित्रमा देखाइएको जस्तै नेपाली खेलाडीहरु को संर्घष रहेकोले चलचित्रले फुटबललाई निकै कनेक्ट गरेको बताए । युवा पुस्ताका दर्शकहरुले भने चलचित्र हेर्दा आफुले आफ्नो परिवार र आफुलाइनै राखेर हेरेकोहुँदा निकै कनेक्ट भएको र अब अन्जिला हेर्न आउँदा रुमाल बोकेर आउने समेत बताए । चलचित्रका बाल कलाकार नमिक्षा मगरले आफुले चलचित्र हेरिरहदा अन्जिला दिदीको संर्घष दु:ख देखेर आफु रुएको सुनाइन ।

प्रिमियरमा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिती थियो । निर्देशक र निर्माताहरुले दर्शकहरुको राम्रो प्रतिकृया पाएपछी एकअर्काको प्रशंसा गरे । अन्जिलाको सफलतामा दर्शकहरुले ताली पड्काएर , धेरै मन पराइदिनु भएकोले आफुलाई हर्षको आँसु आएको निर्माता श्रेष्ठले बताए । दर्शक रुदा निर्माण टिम हाँस्नु पर्ने क्षेत्र चलचित्र भएपनी आज आफु पनि रुएको निर्देशक चाम्सले बताए । यस अघि हङकङ, युके र कोरियामा पनि धेरै दर्शकहरुले चलचित्रलाई रुचाएको हुनाले अब सबै नेपाली दर्शकहरुले चलचित्रलाई मन पराउनेमा आफु ढुक्क रहेको निर्माता श्रेष्ठले बताए ।

मिलन चाम्सको निर्देशकीय हिसाबमा यो तेस्रो बायोपिक हो चलचित्र हो । यस अघी ब्लाइड रक्स , बबी निर्देशन गरिसकेकाछन । तुलनात्मक रुपमा अन्जिला चाम्सको अन्य चलचित्रहरु भन्दा निकै उत्कृष्ट बनेको छ । चलचित्रको पहिलो भाग निकै गज्जब लाग्छ । दयाहाङ राइ र बिजय बरालको जोडीले गज्जब मनोरन्जन दिन्छ । पहिलो हाफको तुलनामा दोस्रो हाफ अन्जिलाको खेल जीवनको मात्र देखाइएको ले खेल खेल क्षेत्रको चासो नहुने दर्शकलाई अलिक अल्छि लाग्न सक्छ तर पहिलो हाफको कथालाई सम्झिने हो भने दोस्रो हाफको केही अल्छिपनी स्वत: हराउछ । यदी चलचित्र हेर्ने आम दर्शकले चलचित्रको पात्रलाई आफु सम्झेर हेर्ने हो भने धरधरी आशु नझर्नेमा कुनै संका छैन ।

चलचित्रको प्रमुख अभिनेत्री अन्जिला तुम्बापो एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘अन्जिला’ ले अन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा पेश गर्नेछ । जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको जानकारी निर्माण टिमले दिएको छ । चलचित्रमा अन्जिला संगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि सिनेमामा मुख्य भूमिका निर्वाह गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । सिनेमामा सुदीप बरालको डिओपी, मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । चलचित्र यही फागुन २९ गते देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता