शिक्षा

नेपालमा हाब्रे पुस्तक बिमोचन


इलाम: हाब्रे (रेडपाण्डा) बारे जानकारी गराउने गरिको ‘नेपालमा हाब्रे’ नामक पुस्तक बिमोचन गरिएको छ । गिरिराज बाँस्कोटाले सम्पादन गरेको इलाममा शनिवार उक्त पुस्तक बिमोचन गरिएको हो ।
इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश बन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, बन तथा भुमि बिभागका उपनिर्देशक धनञ्जय रेग्मी सहितले संयुक्त रुपमा बिमोचन गरिएको छ । पुस्तक रेड पाण्डा नेटवर्क र श्री दीप ज्योती युवा क्लबले प्रकाशन गरेको हो ।
पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन् ।
पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सिताराम गुरागाई, विप्लव भटराई, भिम चापागाई, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतको लेख रहेको छ ।
पुस्तकले रेड पाण्डा बारे नीति निर्माण र संरक्षणका लागी महत्वपूर्णहुने अपेक्षा राखिएको छ ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई