
धरान: राज्यले समेत शारिरीक असक्तहरुलाई धेरै अवसर प्रदान गरिरहेको बेला विभिन्न सामाजिक संघ संस्थाले समेत शारिरीक असक्तहरुलाई हरेक क्षेत्रमा समावेश गराउदै आएको छ । यस्तै प्रत्येक बर्ष हुने धरान रन प्रतियोगितामा खेलकुदबाट उहाँहरुको प्रोत्साहन होस् भन्ने उद्वेश्यले ह्विल चियर प्रतियोगिता नै आयोजना गर्दै आइरहेको छ ।
समाजमा केही गर्न सक्दैनन् भन्नेहरुका लागि इटहरीमा कार्यालय रहेको स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले उदाहरण पेश गर्दै आइरहेका छन् ।
मेरुदण्डमा समस्या भएकाहरुलाई एक ठाउँमा रहेर सामाजिक गतिविधिमा सक्रिय बनाउने उद्देश्यका साथ गठन भएको यो संस्थाले नेपालमा भएका सबै खेलकुदका कार्यक्रममा सहभागिता जनाउँदै आएको छ ।
यो संघको संस्थापक अध्यक्षमा विक्रम घिमिरे रहनु भएको छ ।स्पाइनल इञ्जुरी भएकाहरुलाई सहभागिता गराई इटहरीमा विगत दश बर्षदेखि अन्तर्राष्टिय ह्वीलय चियर दिवसको अवसर पारेर निरन्तर ह्वील चियर प्रतियोगिता आयोजना गर्दै आएको छ । समाजमा अपांगताले पनि केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न पनि हरेक खेलकुदका गतिविधिमा आफूहरुको सहभागिता रहने उहाँलै बताउनुभयो ।
उहाँमात्र हैन सोही संस्था पदाधिकारीमा प्रतिनिधित्व गर्दै आउनु भएकी प्रतिमा दाहालको साहसलाई कम नकार्न सकिदैन । यस आयोजना भएको १३ औ धरान रन प्रतियोगितामा उहाँले तेस्रा स्थान हासिल गर्नुभयो । उहाँले समाजबाट पनि फरक दृष्टिले हेरिने, घरबाट बाहिर निस्कन पनि मुसिकल पर्ने अपांगहरुलाई समावेश गरेर ह्वीलचेयर प्रतियोगिताको आयोजना गर्दै आएको धरान रनलाई धन्यवाद दिनुभयो । गत बर्ष पनि सहभागिता जनाउनु भएकी उहाँले यस्ता प्रतियोगिताले स्वास्थ्यमा सुधारसँगै सबैसँग चिजजान, हेलमेलसँगै आफूहरुजस्तै सबै मिलेर केही गर्न सक्ने माहौल तयार गर्न सहज हुने बताउनुभयो ।
इस्पाइनल इञ्जुरी भएर कतिपय व्यक्तिहरु घरमै मानसिक तनाव सहेर बस्नु परेको अवस्थामा अरु सरह बाहिर निस्किदा समाजमा केही गर्न सकिन्छ भन्ने हिम्मत समेत बढेर गएको उनीहरुको भनाई छ ।
रनसँगै उनीहरु बास्केटबल, भलिबल, बुद्धिचाल लगायतका खेलमा समेत सहभागिता जनाउदै आएका छन् । उनीहरुको सहभागिताले उनीहरुजस्तै समस्या भएका तर घर बाहिर निस्किन नसकेकाहरुलाई समेत प्रोत्साहन मिलेको छ । समूहमा केही गर्नुपर्छ भनेर संघ गठन गरेका उनीहरुको उद्देश्य पनि आफूजस्ता अरुलाई पनि उत्प्रेरणा मिलोस भन्ने नै हो । उनीहरुको यो कामको सबैले सह्रानीय कामको रुपमा लिने गरेका छन् ।