
काठमाडौँ /राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा छ विधामा १२ जना राससकर्मीलाई पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार राससको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजना हुने मूल समारोहमा उहाँहरूलाई पुरस्कार प्रदान गरिने छ ।
रासस सञ्चालक समितिकिो आजको बैठकको निर्णयअनुसार उत्कृष्ट रासस समाचारदाता पुरस्कार सुनसरीका संगीता राइ (स्वर्णिम)ललितपुरका माधवप्रसाद घिमिरे, र कैलालीका तिलकराज ओझालार्ई जनही रु २० हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।
राई धरानमा बसाेवास गरेर पत्रकारिता गर्दै आउनु भएकाे छ । नयाँ पुस्तामा राई सक्रिय पत्रकारिता गर्दै आउनु भएकाे छ । देश भरका राससका सम्वाददाता मध्यबाट उत्कृष्ट तीन जनालाई सम्मान गर्न लागिएकाे हाे । राई बुधबार विराटनगरमा हुने कार्यक्रममा पुरस्कृत गर्ने बताईएकाेछ ।
यसैगरी, उत्कृष्ट आलेखतर्फको पुरस्कार झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सम्पादक टिकाराम सुनारलाई प्रदान गरिने छ । प्रमाणपत्रका साथ यो पुरस्कारको राशि जनही रु १० हजार छ ।
पत्रकार भण्डारीको गत जेठ ३० गते प्रकाशित ‘बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो’ र सुनारको मङ्सिर २१ गते प्रकाशित ‘मनोरञ्जन क्षेत्रमा हिंसा, रङ्गीन क्षेत्र नै रङ्गहीन’ शीर्षकका आलेख उत्कृष्ट ठहरिएका हु्न् ।
उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तरराष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाललाई दिइने निर्णय भएको छ । उहाँहरूलाई जनही रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी, उत्कृष्ट समाचार सङ्कलनतर्फ भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्कालाई पुरस्कार प्रदान गरिनेछ ।
उत्कृष्ट कर्मचारीतर्फ केन्द्रीय कार्यालयका कार्यालय सहयोगी राजिनन साह र मधेस प्रदेश कार्यालय जनकपुरका कार्यालय सहयोगी सूर्यप्रसाद बरालले प्रदान गरिने छ । यो पुरस्कारको राशि रु १० हजार छ ।
नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा गठित पुरस्कार छनोट सिफारिस उपसमितिको सिफारिसलाई सञ्चालक समितिले अनुमोदन गरेको हो ।