शिक्षा

सुमेधा वक्तृत्वकलामा धरान-मेघाकी क्याथरिन योन्जन प्रथम


धरान: सुमेधा वक्तृत्वकला प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनलमा धरान-मेघा हिमालयनकी क्याथरिन योन्जन प्रथम भएकी छिन।
क्याथरिनले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन। -याडिकल लाईट नेपाल प्रा.लि.धरानले धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा सम्पन्न गरेको फाइनलमा शिक्षा सन्देस सेकेन्डरी बोर्डिङकी देवका कार्की दोश्रो हुदै नगद ८ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन। एम्स एकेडेमीकी अदिति झा तृतीय भई ४ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन। पब्लिक मा.बि. फुस्रेका बालकुमार राई सान्त्वना भएर २ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको उप-शिर्षकमा समेत पुरस्कार प्रदान गरिएको थियो। शिक्षा निकेतन मा.बि.की पुजा लम्साल र लाक्पा तामाङले क्रमश: डिसिप्लिन र अराटोरिकल स्पिकरको उपाधि प्राप्त गरे। पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राईले क्रमश:इन्फर्मेटिभ र पङ्चुअल स्पिकरको उपाधी जिते। सियोन स्कुलकी सोनिया नेपालीले सिन्सियर स्पिकरको उपाधि जितिन भने धरान मा.बि.की स्मृति लिम्बुले मोटिभेस्नल स्पिकरको उपाधी हात पारिन। उप-बिजेताहरुले नगद सहित प्रमाणपत्र प्राप्त गरे।
बिजेता र उप-बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उप-प्रमुख अइन्द्र बिक्रम बेघा, मन्टेसोरी किन्डर गार्टेनका संचालक गौरबमान श्रेष्ठ र सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम बहादुर बिष्टले नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरे।
सहभागिहरुलाई लागु औषध: चुनौति र समाधानका उपाय, छोराछोरीको भबिष्य निर्माणमा आमा-बुवाको भुमिका, सामाजिक सद्भाव र युवाको दायित्व, स्वदेसमै भबिष्य स्वदेसमै रोजगार र युवाको चाहना: बिकसित नेपालको परिकल्पना गरी ५ वटा शिर्षकहरु दिइएको थियो। उत्कृष्ट १० प्रतिष्पर्धीहरुलाई गोला प्रथाद्वारा ५ वटा शिर्षकहरुमध्ये दुई जना प्रतिष्पर्धीलाई एउटै शिर्षक परेको थियो।
बिद्यार्थीहरुको आत्माबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्वेश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले बताए।
प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.बि.का शिक्षक टंक भट्टराई थिए। कार्यक्रममा सुमेधा एजुकेसन नेट्वर्क प्रा.लि.धरानका सि.ई.ओ.सुरेन्द्र घिमिरे, समाजसेवी सुस्मिता लिम्बु लगायतको उपस्थिति थियो।सोनि यादबले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन आहाना प्रधानले गरिन।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई