व्यवसाय

धरानमा १५ दिने विजिनेश एक्स्पो हुँदै, शनिबार मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने

धरान: धरानमा १५ दिने बिजिनेश एक्स्पो हुने भएको छ । शनिबार धरान रंगशालामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने छ ।
धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।
शनिबार बिहान ११ बजेबाट प्रारम्भ हुने एक्स्पोमा आमसर्वसाधारणलाई समेत निशूल्क प्रवेश गराइने विजिनेश एक्स्पो धरान २०८१ मूल समितिका संयोजक राजेश अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो साँझ सांस्कृतिक कार्याक्रममा भने कलाकारको उपस्थिति अनुसार न्युनतम शुल्क तोकिएको भएपनि अन्य समयमा कुनैपनि प्रकारको शूल्क नलिने बताउनुभयो ।

मुख्यकुरा धरानको सुस्त बजारलाई चलायमान बनाउनु हो धरानको व्यापारी तथा व्यवसायीहरुलाई खुशी बनाउनु हो अर्थोपार्जन होइन संयोजक अग्रवालले भन्नुभयो ।
आम सर्वसाधारण र व्यवसायीहरुको अवस्थालाई मध्यनजर गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजाती परिकारहरुको प्रवर्धन स्थानीय उद्योगी व्यवसायीहरुका उत्पादनको बजारीकरण, गार्मेन्टका उत्पादनहरुलाई सरल मुल्यमा उपलब्धता तथा प्रतिभाहरुलाई मञ्च प्रदान गर्न यो एक्स्पोले योगदान गर्ने सहमुल समितिका संयोजक टंककुमारी गुरुङले बताउनुभयो ।
१५ दिने एक्सपोमा राजेशपायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । लोकबाजाहरुको अर्केष्ट्रा, ब्रिटिश गोर्खा व्रिगेड ब्याण्डको प्रस्तुती र स्थानीय डान्स सेन्टरहरुको प्रस्तुति रहनेछ । आगन्तुकहरुको मनोरन्जनका लागि खेलतामासा, रोटेपिङ, नाउँ तथा बालबालिकाहरुका लागि समेत मनोरन्जनात्मक सामग्रीहरु राखिएको संयोजक टंककुमारी गुरुङले बताउनुभयो ।
एक्पो अवधिमा समय व्यवस्थापन गर्दै धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तकृयात्मक डिवेट गरिने समेत गरिने महासंघका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई