शिक्षा

तरुण दलद्वारा आधारभुत विद्मालय हर्दियाको विद्मार्थीलाई ट्रयाक सुट र शैक्षिक सामाग्री वितरण

धरान: तरुण दल धरान नगर समितीले विद्मार्थीहरुलाई जाडोको कपडा ट्रयाक सुट र शैक्षिक सामाग्री वितरण गरेका छन। सोमबार धरान वडा नम्बर -४, स्थित श्री आधारभूत बिद्यालय हर्दियामा बालविकास देखि कक्षा ८ सम्म अध्यनरत ४० जना छात्र छात्राहरुलाई जाडोमा लगाउने न्यानो कपडा ट्रयाक सुट ४० थान तथा पठनपाठनका सामग्री कापी कलम एक कार्यक्रम गरि हस्तान्तरण गरिएको हो।
तरुणदल नगर सभापती राम तामाङले “हरेक समाजमा राम्रो अभियानको सुरुवात हुन्छ समापन हैन भन्ने मूल नाराका साथ तरुण जनता संग भन्ने अभियान अन्तर्गत गत २०८१ सालको देउसी भैलो बाट संकलन भएका रकम मानवसेवा तथा समाजसेवा मै सदुपयोग गरौ भन्दै नेपाल तरुण दल धरान नगर कार्यसमितिद्वारा २ वटा बिद्मालयहरुमा जाड़ोयाममा लगाउने लुगा ट्रयाक सुट तथा पठनपाठनका सामग्री बितरण गर्ने कार्यक्रम गरेको बताए।

यश अगाडि तरुण दलले धरान- २० नम्बर वाडाको बिकट तथा ग्रामिण खैरे गाउँ स्थीत श्री चण्डिका भवानी आधारभुत बिद्यालयका २८ जना विद्मार्थीहरुलाई जाडोको कपडा ट्रयाक सुट २८ थान सहित स्टेशनरि सामानहरु कपी, पेन्सील र डटपेन बितरण गरिसकेको छ।

उक्त कार्यक्रममा नेपाल तरुण दल केन्द्रिय सदस्य देवेन्द्र लिम्बू, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, गणेश बहादुर राई,बिद्यालयका प्रधानाध्यापक श्रवण चौधरी, नेपाल तरुण दल धरान नगर समितिका उपाध्यक्ष बिक्रम तामाङ, सह-सचिब प्रेम जंग बस्नेत लगाएत तरुण दल धरान नगर कार्यसमिती सदस्यहरुको सहभागीता रहेको थियो।
सो कार्यक्रम तरुण दल धरान नगर कार्यसमिति सचिव मनोहर श्रेष्ठले संचालन गरेको थियो।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई