
धरान: नेपाल तरुण दल धरान उपमहानगर कार्यसमितीले देउसीबाट संकलित रकमबाट विद्मार्थीहरुलाई ट्रयाक सुट र शैक्षिक सामग्री वितरण गरेका छन।
आज सोमबार धरान- २० नम्बर वाडाको बिकट तथा ग्रामिण खैरे गाउँ स्थीत श्री चण्डिका भवानी आधारभुत बिद्यालयका २८ जना विद्मार्थीहरुलाई जाडोको कपडा ट्रयाक सुट २८ थान सहित स्टेशनरि सामानहरु कपी, पेन्सील र डटपेन तरुण दलले एक कार्यक्रम गरी वितरण गरेका हो।
गत तिहारमा देउसी भैलो खेलेर उठेको रकम बाट बिद्यार्थीहरुलाई सहयोग गरेको तरुण दल अध्यक्ष राम तामाङले बताए। धरान-२० को विकट क्षेत्र ठुलो खैरेमा रहेको चण्डिका आधारभुत बिद्यालयलाई सानो सहयोग गर्न पाउनु संस्थाको लागी ठुलो अवसर भएको समेत अध्यक्ष तामाङले बताए।
उक्त अवसरमा, “राज्यको नजर नपरेको बिद्यालय र स्थानीय सरकारको सिमित श्रोत साधन बाट जोडतोड शैक्षिक बिकासको लागि भैईरहेको प्रयासमा तरुण दल धरानले थप एउटा ईटा थपिदिएको” भन्दै धरान-२० का वडा अध्यक्ष पदम बहादुर लिम्बुले धन्यवाद सहित आभार प्रकट व्यक्त गरे।
“धरान-२० ग्रामिण भेगको बिद्यालयको शैक्षिक बिकासको लागि भौतिक बिकास देखि शैक्षिक सामग्रीहरु र विद्यालय पोसाक उपलब्ध गर्ने बारे राज्य संग विशेष पहलकदमी गर्ने प्रतिबद्धता सहित नेपाल तरुण दल धरान सदैब सहयोगको लागि तत्पर रहने” तरुण दल केन्द्रिय सदस्य देवेन्द्र लिम्बुले बताए।
उक्त ट्रयाक सुट र स्टेशनरी सामानहरु हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि देवेन्द्र राई, तरुण दल धरानका उपाध्यक्ष बिक्रम तामाङ, सचिब मनोहर श्रेष्ठ लगायत संस्थाका अन्य सदस्यहरु,बिद्मालय ब्यवस्थापन समितीका सदस्य अशोक राई, शिक्षक – शिक्षिका अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमको संचालन तरुण दल नगर सचिब मनोहर श्रेष्ठले गरेका थिए।