काठमाडौं : एमालेको काठमाडौं – सुनसरी सम्पर्क मञ्चले ई-गेमिङ पब्जी प्रतियोगिता सम्पन्न गरेको छ। शनिबार ई-गेमिङ अन्तर्गत सुनसरीका पालिकास्तरीय पब्जी प्रतियोगिता गरेको हो।
प्रतियोगितामा ८ टिमको सहभागिता थियो। जसमा टिम धरान विजेता बनेको छ। उसले प्रथम ५ पाँच हजार प्राप्त गर्यो।
उपविजेता बनेको टिम गढीले ३ हजार रूपैयाँमा चित्त बुझाएको छ।
काठमाडौं-सुनसरी सम्पर्क मञ्चका अध्यक्ष रमेश बिष्टका अनुसार पब्जी प्रतियोगिताका अलावा आइटी र एआईले सामाजिक संजालमा पारेका प्रभाव र चुनौती बिषयमा अन्तरक्रियासमेत गरिएको थियो। जसलाई आइटी विज्ञ उत्तम कार्कीले अभिमुखीकरण गरेका थिए।
सोही अवसरमा त्रिविका गोल्ड मेडलिस्ट श्रीज्या काफ्लेसहित विद्यार्थी सम्मान गरिएको अध्यक्ष विष्टले बताए।
औपचारिक कार्यक्रम प्रमुख आतिथ्यता एमाले स्थायी कमिटी सदस्य लालबाबू पण्डीतले गरेका थिए भने कार्यक्रममा केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठ, सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत, प्रदेश सम्पर्क अध्यक्ष नवराज घिमिरेलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
अध्यक्ष विष्टले शनिबारको कार्यक्रमले आइटी र एआईबारे आफूहरूले सामाजिक सचेतना पुर्याएको बताए।