धरान -१५ स्थित सत्यशिसु निकेतन बोर्डिङ स्कुलमा बुधबार एक दिवसिय नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ।
स्कुलको आयोजना र रानी आँखा अस्पताल बिराटनगरको प्राबिधिक सहयोगमा शिबिर संचालन भएको हो। स्कुलमा भएको शिबिरमा २ सय २५ जनाको आँखा परिक्षण भएको प्रीन्सिपल रमेश राईले जानकारी दिनुभयो।
स्कुलका अभिभावक, बिद्यार्थी, टोलबासिहरुलाई परिक्षण गर्दा १७ जनामा मोतिबिन्दु देखिएको अस्पतालले जनाएको छ। मोतिबिन्दु देखिएका बिरामीहरुलाई बिशेष सहुलियतमा अप्रेसन गर्ने अस्पतालले जनाएको छ।
स्कुलका अभिभावक र बिद्यार्थीहरुको आँखा जस्तो सम्बेदनसिल अङ्गको सुरक्षालाई ध्यानमा राखेर नि:शुल्क शिबिर संचालन गरिएको प्रीन्सिपल राईले जानकारी दिए।