अर्थ/ पर्यटन

भेडेटार फुड फेष्टिबल आज देखि सुरु, पत्रकार गोविन्द बस्नेत र विनोद घिमिरे सम्मानित

भेडेटार फुड फेष्टिबल २०८१ आज देखि सुरु भएको छ। उक्त अवसरमा कोशीपत्रका कार्यकारी सम्पादक गोविन्द बस्नेत र कान्तिपुर धनकुटा सम्बाददाता विनोद घिमिरे नगद पुरस्कार सहित सम्मानित भएका छन।

उद्वाटन कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेश सरकारका पर्यटन मन्त्री षडानन्द मण्डलले सम्मान पत्र र नगद सहित सम्मान गरेका हुन् ।

सम्मानित भएका पत्रकर वस्नेत दुई दशक भन्दा बढी समयदेखि धरानमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् । अर्का सम्मानित पत्रकार घिमिरे धनकुटामा रहेर लामो समय देखि पत्रकारिता गर्दै आएका छन।

पत्रकार वस्नेत र घिमिरेलाई धनकुटाको साँगुरी गाउपालिका तथा आसपासका रमणीय ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार समाचार मार्फत पर्यटन प्रबद्वनका लागि पत्रकारिताको माध्यमद्धारा महत्वपुर्ण योगदान फुर्‍याएकाले सम्मान गरिएको आयोजक होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष टुमराज लिम्वुले बताए ।

आजदेखि शुरु भएको फेष्टिबल पुस १६,१७ र १८ गते तीन दिन सम्म सन्चालन हुने छ । उक्त फेष्टिबल पर्यटकीय स्थल भेडेटारको पर्यटन प्रवद्र्धन गर्नको लागि अंग्रेजी नयाँ बर्षको अवसरमा हरेक वर्ष हुने गरेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था धरान: धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको