धरान-१ स्थित धरान मोडल कलेजकी छात्रा सन्ध्या लिम्बु बि.बि.एस.चौथो बर्षमा सुनसरी प्रथम भएकी छिन।
त्रिभुवन विश्वबिद्यालयले गत बैशाख महिनामा संचालन गरेको बि.बि.एस.चौथो बर्षको बार्षिक परीक्षाको हालै प्रकाशित नतिजा अनुसार सन्ध्या सुनसरी प्रथम भएकी हुन।
सन्ध्याले चौथो बर्षमा ८० प्रतिशत अकं प्राप्त गरी बिशिष्ट श्रेणीमा उत्तिर्ण गरेको क्याम्पस प्रमुख प्रबिन राईले जानकारी दिए। क्याम्पस प्रमुख राईले भने,” हामीले सुनसरी भरीका सबै कलेजमा बुझ्यौ। हाम्रो विद्यार्थीले नै चौथो बर्षमा उत्कृष्ट अकं ल्याएको पायौ”।
मोडल कलेजमा सन्ध्याले २०७६ सालमा बि.बि.एस. प्रथम बर्षमा भर्ना भएर अध्ययन सुरु गरेको क्याम्पस प्रमुख राईले जानकारी दिए।
कलेजद्वारा सन्ध्यालाई नगद सहित सम्मान बि.बि.एस. चौथो बर्षमा ८० प्रतिशत अकं ल्याएर सुनसरी प्रथम गरेकी सन्ध्या लिम्बुलाई कलेजले सम्मान गरेको हो।
क्याम्पस प्रमुख प्रबिन राई, कलेजका अध्यक्ष बद्री तामाङ, कलेज ब्यबस्थापन समितिका अध्यक्ष भवानिशंकर भट्टराई र कलेजका पुर्ब अध्यक्ष एबम सल्लाहकार डा.जीवन कुमार राईले सन्ध्यालाई ५ हजार रुपैया नगद सहित अबिर र खदा लगाएर सम्मान गरे।
चौथो बर्षमा उत्कृष्ट नतिजा ल्याएर कलेजको नाम राख्न सफल भएकाले सन्ध्यालाई सम्मान गरेको क्याम्पस प्रमुख राईले बताए। आफुले मिहिनेत साथ पढेर राम्रो रिजल्ट ल्यएकोमा खुशि ब्यक्त गर्दै कलेजले सम्मान गर्दा झन हौसला बढेको सम्मानित छात्रा लिम्बुले बताईन।