शिक्षा

हिबिस्कस क्विज मेनियाको उपाधि आयोजकको पोल्टामा

धरान: हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आयोजना गर्दै आएको हिबिस्कस क्विज मेनिया (हाजिरी जवाफ प्रतियोगिता) सिजन–३ को उपाधि आयोजकको पोल्टामा परेको छ ।

शनिवार भएको फाईनल चरणमा आयोजक हिविस्कस इङ्लिस बोडिङ स्कुलले अन्य सहभागी स्कुललाई पछि पार्दै उपाधि हात पारेको हो । उपाधि संगै हिबिस्कस स्कुलले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाण– पत्र हात पारेको छ ।

त्यसैगरी प्रतियोगितामा महेन्द्र मा.वि चक्रघट्टीले दोस्रो स्थान हात पार्न सफल बनेको छ । नगद १० हजार सहित मेडल र प्रमाण– पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा मेघा हिमालयन बोडिङ स्कुलले तेस्रो स्थान हांसिल गरेको छ । मेघा हिमालयनले नगद ८ हजार मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ।

त्यसैगरी तियोगितामा आरम्भ विद्या मन्दिर रामधुनीले चौथो स्थान भएको छ। नगद ६ हजार सहित प्रमाण–पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा धरान स्थित विष्णु मेमोरीयल बोडिङ स्कुलले पाचौ स्थानमा जीत निकाल्न सफल बनेको छ । विष्णुले नगद ४ हजार सहित प्रमाण–पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा देउराली चिल्ड्रेन एकेडेमीले छैटौ पुरस्कार प्राप्त गरेको छ। उसले नगद २ हजार सहित प्रमाण–पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य माननीय यशोदा कायस्थले विजयीहरुलाई नगद ट्रफि मेडल प्रदान गरेकी थिइन ।
कायैक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका निबर्तमान अध्यक्ष जनकऋषि राई, निर्णायक नउदिप साह, लगायतले पुरस्कार, मेडल र प्रमाण–पत्र बितरण गरेका थिए ।

स्कुलका सल्लाहकार पवन झाले विद्यार्थीहरुको पढने बानीको विकास गर्नका साथै बौद्विक क्षमतामा वृद्धि गर्नको लागि प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि माननीय कायस्थले यस्ता कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास हुनुका सथै पढाईलाई समेत प्रोत्साहन मिल्ने बताइन । उनले धरानलाई शिक्षाको हबको रुपमा बिकास गर्न यस्ता खाले प्रतियोगिताले थप टेवा मिल्ने वताइन ।
प्रतियोगितामा ४२ स्कुलले सहभागीता जनाएका थिए ।

विद्यार्थीैहरुको वौद्धिक विकास गर्नको लागि स्कुलले यो प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिदै जाने स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम कुलुङको भनाई रहेको छ । कार्यक्रमको सन्चालन स्कुलका शिक्षक नयन राईले गरेका थिए ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई