अर्थ/ पर्यटन

पर्यटकलाई ३ दिने प्याकेज सहित भेडेटार फुड फेस्टिबल पुस १६ गते देखि हुने

धरान: होटल एशोसिएशन भेडेटारको आयोजनामा यही पुस १६ गते देखि १८ गते सम्म १२ औँ भेडेटार फुड फेस्टिवल आयोजना हुने भएको छ। मंगलबार होटल एशोसिएशन भेडेटारले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

विगत बर्ष झैं यश बर्ष पनि अंग्रेजी नयाँ बर्षमा भारतीय तथा स्थानिय पर्यटक भित्र्याउने लक्ष्यका साथ १२ औं भेडेटार फुड फेस्टिवल आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ।

पर्यटन क्षेत्रमा विकास गर्दै गएको र प्रचुर सम्भावना वोकेको भेडेटारमा २०६५ साल देखि महोत्सव हुँदै आएको फुडफेस्टिवल महोत्सवलाई महत्वका साथ निरन्तरता दिईएको छ । साँगुरी गढी गाउँपालिकाका अध्यक्ष अर्जुन रुम्देली राईको प्रमुख आथित्यतामा रहेको पत्रकार सम्मेलनमा होटल एशोसियसनका अध्यक्ष तुमराज लिम्बुले भारतीय पर्यटक सहित ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए । “छिमेकी मुलुक भारतका पर्याप्त मात्रामा पर्यटकहरु आउँछन्” उनले भने ।

१२ औं भेडेटार फुड फेस्टिवलले आन्तरिक पर्यटक तथा बाह्य पर्यटक विशेष गरी भारतीय पर्यटकहरुलाई आकर्षण गर्न नयाँ तीन वटा सशुल्क फेस्टिवल प्याकेज ल्याएको छ । “पर्यटकहरुले फुड फेस्टिवलको पहिलो दिन भेडेटार आसपास रहेका स्काई ब्रीज, नमस्ते झरना, सागुरी गढी अवलोकन गरेर भेडेटार र नाम्जेमा बास बस्नेछन् । दोश्रो दिन ध्वजे डाँडाबाट सर्योदय अवलोकन, एशियाको दोश्रो ठूलो अजङगको बरको रुख भ्रमण, राजारानी तालको अवलोकन गरेर नाम्जे र डाँडा बजारको होम स्टेमा रहनेछन् । तेश्रो दिन तमोर रिभर राफ्टीङ र प्याराग्लाईडिङ गर्नेले भेडेटारमा बास र खाना सक्नेछन् ।” आयोजकका अध्यक्ष लिम्बुले भने । उनका अनुसार पहिलो दिन रु २५००, दोश्रो दिन रु २५०० र तेश्रो दिन रु.४००० र रु. ८००० को शुल्क लाग्नेछ ।

१२ औं भेडेटार फुड फेस्टिवलको लागि क्षेत्रलाई बढाएर लगेको तीन दिने फेस्टिबल प्याकेजले पुस्टि गरेको छ । भेडेटारलाई मात्र नभएर त्यस आसपासका गाउँपालिकाको होटल व्यवसाय, होमस्टे तथा कृषि उत्पादनको व्यापार प्रर्वधन हुने गरी क्षेत्र बढाउने योजना रहेको अध्यक्ष लिम्बुले बताए । “हामीलाई यो मार्केट सानो हुँदै गयो कोभिड आउन्न थियो भने थामी नसक्नु हुन्थ्यो । त्यसैले छिमेकी नगर र गाउँपलिकाको पनि उत्पादन लागायत कला संस्कृतिको प्रचार गर्ने पक्षमा छौं ।” उनले भने ।

करिव २ करोड सम्मको आर्थिक कारोवार हुने अनुमान गरिएको फेस्टिबलमा स्थानिय जातिय खानेकुरा र स्थानिय किसानद्वारा उत्पादित अर्गानिक तरकारी र फलफूलको विशेष प्रर्दशनी रहनेछ । राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक कार्यक्रम समेत हुनेछ ।

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था धरान: धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको