राष्ट्रिय समाचार

देशमा क्रमश आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली


धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताउनुभएको छ ।

इटहरीमा सुरु भएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताउनुभएको छ ।

शनिवार सुरु भएको महाधिवेशनको उद्घाटन गर्न ओली दिउँसो इटहरी पुगेका हुन् ।

नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनको आज इटहरीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास र त्यसपछिका आर्थिक विकास तथा रोजगारीका अवसर सृजनालगायत क्षेत्रमा व्यापक परिवर्तन भएको बताउनुभयो ।
“हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो । ज्ञान र बुद्धि कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ । बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा विनम्रता हुनुपर्छ । घमण्ड हुनु हुँदैन”, मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठीकसँग प्रयोग गर्न सकेमा सुख प्राप्त गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “जेसिजले अनुशासन सिकाउँछ, अरुलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ ।”

विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उहाँले यस दिवसलाई सधै अपनाउन र मानव हितलाई केन्द्रमा राखेर पृथ्वीलाई जोगाउन आग्रह गर्नुभयो । जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले मुलुकमा जेसिजको विस्तार भएकामा त्यसको सराहना गर्नुभयो ।

राजनीति बाहिरकै विषयमा भनाइ राखेका प्रधानमन्त्री ओलीले विगतमा भन्दा देश धेरै विकसित भएको उल्लेख गरे । ‘विगतको टेलिफोन र वर्तमानको कम्युनिकेसन अवस्था तुलना गर्न मिल्दैन । हिजो रोजगारीको अवस्था के थियो अहिले कुन अवस्थामा पुगेको छ । त्यस तर्फ पनि ध्यान दिनुपर्‍यो,’ उनले भने ।

जलवायु परिवर्तनले पृथ्वी र मानवजाती नै सङ्कटमा रहेको चिन्ता व्यक्त गरे । मानव हितको रक्षामा जेसीजले धेरै महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले यस सङ्कटको अवस्थामा प्लानेट र पिपुलको रक्षा जरुरी रहेको बताए ।

छुटाउनुभयो कि ?

राष्ट्रिय समाचार

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा काफ्ले बिजयी

धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेद्वार सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ । सुनसरीको