धरान: हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का बिद्यार्थीहरु र स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिसबीच मङलबार अध्ययन अध्यापन सम्बन्धि अनुभव साटासाट भएको छ।
स्विजरल्याण्डमा ४२ बर्ष शिक्षण गरि अवकास भएका डेभिसले स्विट्जरल्याण्डको शिक्षण पद्धति,संस्कार संस्कृति,भुगोल, हावापानी, राजनीतिक, आर्थिक परिवेश आदीको बारेमा सुनाउदा बिद्यार्थीहरुमा निक्कै चासोको बिषय बनेको थियो ।
हिबिस्कसका विद्यार्थीहरुले पनि नेपालको संस्कार संस्कृति, चाडपर्ब, भुगोल, हावापानी, राष्ट्रिय झण्डा आदीको बारेमा शिक्षक डेभिसलाई जानकारी गराएका थिए ।
नेपालको राष्ट्रिय झण्डा युनिक रहनुका साथै दुबै देशबिच धेरै कुरामा समानता रहेको शिक्षक डेभिसले बताए। आफ्नो देशको शिक्षा, संस्कार संस्कृतिबारे शिक्षक डेभिसलाई बताउन पाउदा धेरै खुशि लागेको छात्रा फुङ्निमा लिम्बुले बताईन। हाम्रो देशको हिमाल, पहाड, तराई, मौलिक परम्परा बारे सुनाउदा शिक्षक डेभिसले निक्कै चाख दिएर सुनेको अर्का छात्रा निनाम्मा राईले बताईन।
बिद्यार्थीहरुले डेभिसलाई नेपालको राष्ट्रिय गान समेत गाएर सुनाए। नेपाली बिद्यार्थीहरु मिलनसार र देशलाई मनदेखि माया गर्ने आफुले पाएको शिक्षक डेभिसले बताए।
स्विट्जरल्याण्डको शिक्षण पद्धतिबाट बिद्यार्थीहरुले केही नयाँ कुराहरु सिकुन भनेर शिक्षक डेभिस संग अनुभव साटासाटको वातावरण मिलाएको स्कुलका निर्देशक गङ्गाराम कुलुङले बताए।