धरान: इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी प्रकाश जबेगुलाई मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले घोषित गरेको छ ।
प्रहरी नायब उपरीक्षक जबेगुले धनकुटाबाट धरान आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाइएको दुईवटा गाडीमा लागुऔषध गाँजा सहित मङ्सिर १८ गते धरान–१३ अमरहाटमा जबेगुले
पक्राउ गरेका थिए ।
चेकजाँच गर्न रोक्दा बा १ झ ५१२७ नम्बरको गाडीका चालकले तीव्र गतिमा सवारी चलाएको हुँदा ४ राउन्ड गोली फायर समेत गरी उक्त गाडिलाई नियन्त्रणमा लिएर दुवै गाडिबाट कुल ६ सय ९० केजी गाँजा र चालकलाई पक्राउ गर्न सफल भएका थिए ।
अदालतद्वारा दण्ड सजायको फैसला भएका विभिन्न मुद्दाका ११ जना फरार अभियुक्तहरू मङ्सिर महिना भित्र पक्राउ गरेका थिए । भन्सार छलेर चोरी पैठारी गरिएको १७ लाख ३२ हजार ४३० रुपैयाँ मूल्यका सामानहरू पक्राउ गरेका थिए ।
डिएसपी जबेगुबाट मङ्सिर महिनामा भएको उक्त कार्यको उच्च मूल्याङ्कन गदै २०८१ साल मङ्सिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषण गरिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको घोषणामा उल्लेख छ ।