अपराध

सरकारी गाडीमा गाँजा भेटिएको पहिलो घटना भएको प्रहरीको भनाई


धरान: सरकारी नम्बर प्लेट भएको गाडी प्रयोग भएर पुर्बमा पहिलो पटक लागुपदार्थ ओसार पसार भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुमन तिम्सिनाले बताउनुभयो।

धरानमा लागु औषध गाँजा ६९० केजी सहित २ वटा सरकारी गाडी र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट भएको स्कारपिओ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद भएको बुधबार पत्रकार सम्मेलनमा सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक तिम्सिनाले बताउनुभयो ।

धरान-१३ अमरहाटबाट गाँजा बरामद गरिएको चार राउण्ड हवाई फायर गरेर उक्त गाँजा र गाडी नियन्त्रणमा लिइएको तिम्सिनाले बताउनुभयो । घटनास्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका वाड नम्बर ११ का २६ वर्षीय श्यामकुमार विश्वकर्मा रहेको छ भने अर्को गाडीका सवारी चालक तत्काल फरार रहेको उहाँले बताउनुभयो ।

अर्को गाडीलाई रोक्ने क्रममा हामीलाई नै पेल्ने अवस्थामा आएपछि गोली चलाउन बाध्य भएका हौँ’ इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जुवेगुले बताउनुभयो । ‘गोली चलाएपछि अलिक तलतिर गएर गाडी छाडेर फरार भएको अवस्था छ हामीले खोजी गरिरहेका छौँ उहाँले बताउनुभयो ।

बा १ झ ५१२७ नम्बरको गाडी चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ । उक्त गाडी नियन्त्रणमा लिनका लागि प्रहरीले निकै चुनौती व्यहोर्नुपरेको जबेगुले बताउनुभयो । प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राईफलबाट ४ राउण्ड फायर गरेको थियो । ‘जसमध्ये एक राउण्ड गोली उक्त गाडीको पछाडि रहेको सिसा भन्दा माथिलो भागमा लागेको र अर्को गाडीलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो’ सुनसरी प्रहरी प्रमुख तिम्सिनाले बताउनुभयो

फरार रहेका गाडी चालकलाई नियन्त्रणमा लिनका निम्ति प्रहरीले सबैतिरका नाकामा निगरानी बढाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा १ झ ५१२७ नम्बरको गाडीमा प्लाष्टिकमा भएको ३६५ केजी गाँजा र प्लाष्टिकबाहेक जम्मा ३६० केजी र बा १ झ ४६०५ नम्बरको गाडीमा भएको गाँजा प्लाष्टिकसहित ३३५ केजी र प्लाष्टिकबाहेक जम्मा ३३० केजी गरी प्लाष्टिकसहित जम्मा तौल ६९० केजी गाँजा बरामद गरिएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका विश्वकर्मालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थपको तयारी भइरहेको प्रहरी नायब उपरिक्षक जबेगुले बताउनुभयो । बरामद भएका गाडीहरू सरकारी गाडीहरू हुन् कि होइनन् भन्नेबारे थप अनुसन्धान भईरहेको सुनसरी प्रहरी प्रमुख तिम्सिनाले बताउनुभयो फेक सरकारी नम्बर प्लेट बनाएर प्रयोग गरिएको हो कि भन्नेबारे पनि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ