धरान-१५ (स्विमिङ पुल छेउ) स्थित सत्य शिसु निकेतन बोर्डिङ स्कुलमा ५ दिने उद्घोषण तालिमको मङ्गलबार एक कार्यक्रम गरी समापन भएको छ।
स्कुलका अध्यक्ष तिल बहादुर सेन्चुरीले बोल्नेकला राम्रो सङ्ग सिकेर आफ्नो जीवनमा लागु गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नु भयो।
बिद्यार्थीहरुको बोल्ने क्षमताको बिकास गर्ने उद्वेश्यले सेमिनारको आयोजना गरिएको स्कुलका प्रीन्सिपल रमेश राईले बताउनु भयो। कार्यक्रमका बिशेष अतिथि नमुना पथ टोल बिकास समिति धरान-१५ का अध्यक्ष हेम बहादुर दाहालले बिद्यार्थीहरुलाई सफलताको शुभकामना दिनु भएको थियो।
सेमिनारमा कक्षा-६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीहरु सहभागी थिए। सेमिनारको सहजीकरण नेपाल पत्रकार महासङ्घ सुनसरीका सह सचिव तिर्थ कार्कीले गर्नु भएको थियो। कार्यक्रममा स्कुलका निर्देशक तारा बहादुर सेन्चुरी लगायतको उपस्थिति रहेको। कार्यक्रमको सन्चालन बिद्यार्थी आर्यन भारतिले गरेका थिए।