धरान विशेष

शनिमन्दीरका पुजारी विश्वदेव पोखरेल “काग बाबा” ले भोकहडताल तोडयो

धरानका तीनकुनेमा रहेको माहाकाल शनिदेव मन्दीरका पुजारी विश्वदेव पोखरेलले (काग बाबा) आज बुधवार धरान उपमहानगरपालिका वाड नम्बर ८ का वडा अध्यक्ष धन बहादुर राई र ईलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रकाश जबेगुको हातबाट नरिबलको पानी खाएर १४ दिन पछि भोक हडलात तोडेका छन।

मन्दीर बिकास व्यवस्थापन समिती संग रुष्ट रहेका पुजारीले आफ्नो आत्म सम्मानमा ठेस पुगेको, हालको समिती खारेजको माग सहित ८ बुदेँ माग राखेर कार्तिक १ गते देखि मन्दिर परिसरमा भोक हडताल बसेका थिए। स्थानीय सरकार, मन्दीर व्यवस्थापन समिती, प्रसाशन र संघ संस्थाहरु बाट भोक हडताल नगर्न आग्रह गरेको थिए। पछिलो पटक बाँझगरा सामुदायिक वन उपभोक्ता समितीका पुर्ब अध्यक्षहरु र हालको पदाधिकारीहरुको प्रयास पछि तीन बुदेँ सहमती पछि आज काग तिहारका दिन भोक हडताल तोडेका हुन।

सहमती पत्रमा पुजारीको मागलाई ध्यानमा राखी तीन महिना भित्र विधान संशोधनको प्रकृया पूरा गरि साधरण सभा बाट पारित गरी सम्बन्धीत निकाय बाट स्वीकृत भए पछि कार्यन्वयन गर्ने। समितीले ल्याएको चन्द संकलन गर्ने रसिद मन्दीर परिसर बाहिर सार्ने, मागहरु पूरा नभए भोक हडतालमा बस्न समितीले रोक तोक नगर्ने उल्लेख छ।

उक्त सहमती पत्रमा मन्दीर व्यवस्थापन समितीका अध्यक्ष राज कुमार निरौला, पुजारी विश्वदेव पोखरेल, (काग बाबा) व्यवस्थापन समिती उपाध्यक्ष जुद्वलोहनी, बाँझगरा सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष राजन कुमार मोक्तान र रोहवरमा धरान – ८ का अध्यक्ष धनकुमार राई धरान -१५ का अध्यक्ष नरेश ईवारामले हस्ताक्षर गरेका छन।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।