मनोरञ्जन समाचार

अनिश राई बने भ्वाइस अफ धरानका विजेता

धरान: भ्वाइस अफ धरान-२०८१ को विजेता धरान-१२ का अनिश राई बनेका छन। विजयपुर एफएमको १६ औं बार्षिक उत्सवको अवसरमा संगीत क्षेत्रको चौतर्फी विकाशमा टेवा पुर्याउन, संगीत सिर्जनामा नंया प्रतिभाहरुलाई प्रोत्साहन गर्न भ्वाईस अफ धरान-२०८१ ओपन सिङ्गिङ कम्पिटिसन गरिएको थियो ।

फस्ट रनरअप धरानका छिरिङ शेर्पा, सेकेण्ड रनरअप बराहक्षेत्र नगरपालिकाका सुमन राई र थर्ड रनरअप धरानकै एकराज लिम्बु हुनुभएको छ । विजेताहरुलाई जनही २५ हजार, १५ हजार १० हजार र ५ हजार सहित ६ महिनाको संगित कोर्ष, ट्रफी प्रदान गरिएको थियो । दर्शकको भोट सहित जर्ज विजय राई, सम्वत अधिकारी र नवराज कपिल शर्मा सुनुवारकोे निर्णयको आधारमा भएको हो ।

विजेताहरुलाई धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईले संगित कोषमा छुटाईएको केही रकम प्रदान गर्ने घोषणा गर्नुभयो । धरानमै गित भर्ने स्टुडियो खोल्न आग्रह गर्दै उपमहानगरले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो । संगीत क्षेत्रमा नयाँ अवसरको खोजि गर्न मुख्य उदेश्य रहेको विजयपुर एफएमको कार्यकारि निर्देशक हिमाल राईले बताउनुभयो । पुर्वको सुन्दर नगरी धरानमा रहेर १६ वर्ष देखि निरन्तर संचालन हुदै आएको विजयपुर मिडिया ग्रुपद्वारा संचालित विजयपुर एफएम ९८.८ मेगाहर्ज हजार वाट क्षमतामा प्रसारण भइरहेको छ । समाजका सबै खाले विषयमा आम नागरिकहरुलाई सुसुचित गर्दै १६ वर्ष सम्म आइपुग्दा धरानको सर्वाङ्गिण विकाशको क्षेत्रलाई उत्तिकै स्थानमा राखी विशेष गरी धरानको संगीत क्षेत्रलाई योगदान स्वरूप हामीले रेडियोको बार्षिक उत्सबको अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको निर्दैशक राईले बताउनुभयो ।

भोईस अफ धरानको फाईनलको टप टेनमा १० जना फाईनलिस्टहरुको प्रतिष्पर्धा रहेको थियो जसमा १० जना नै प्रतिस्पर्धीहरुले आफ्नै रचनाको गित र संगित रहेको थियो । यसरी आफ्नै गित, संगित सहितको प्रतिष्पर्धा नेपालमै पहिलो रहेको विजयपुर एफएमको बजार व्यवस्थापक प्रमोद पोर्तेलले बताउनुभयो ।

यसले नेपालको गित, संगितमा १० वटा भएपनि नयाँ आयामको गित, संगित बजारमा थपिएको र यो नेपालको लागी गौरवको कुरा भएको उहाँले बताउनुभयो ।
टपटेनमा विजेता बाहेक नवलपरासीको आरति गौतम, सुमन परियार, निर्दोष रोक्का, निरज राई, गौैरव गुरुङ, टिकाराम राई पर्नुभएको थियो । टपटेनमा परेका सबैजनालाई ६ महिनाको संगित कोर्ष, ट्रफी प्रदान गरिएको थियो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र विक्रम बेघा, समाजसेवी निश्चल पलिखे, विजयपुर एफएमको समाचार प्रमुख भैरव आङला, एलिना राई लगायतहरुको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता