शिक्षा

हिविसकस स्कुलले आगामी पुस १३ र १४ गते जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने

धरान: हिविसकस इङ्लिस बोर्डिङ स्कुलले सुनसरी जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आगामी पुस १३ र १४ गते आयोजना गर्ने भएको छ।

आज पत्रकार सम्मेलनमा कार्यक्रम संमयोजक सुवास मुक्तानका अनुसार सुनसरीका १ सय वटा स्कुलको सहभागितामा हुने र प्रतियोगीताका फाइनल हिविसकस स्कुल प्राङ्गणमा हुने बताएका छन ।

प्रतियोगिताको पहिलो चरणमा छनौट हुने शीर्ष स्थानका ६ टिमले १३ गते हुने फाइनलमा भाग लिन पाउने छ ।प्रतियोगितामा विजेताले नगद १५ हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछ । उपबिजेता टिमले नगद १० हजार, तेस्रो हुनेले ८ हजार ,चौथोले ६ हजार, पाचौंले ४ हजार पाउने छन् । सान्त्वना पुरस्कार २ हजार छ ।

प्रतियोगिता २०७९ सालबाट सुरु भएको हो । यसअघि अन्तर नगर हाजिरी जवाफ प्रतियोगिता हुँदै आएको थियो । यसपालि जिल्ला स्तरीय प्रतियोगिता गर्ने तयारी रहेको स्कुलले जानकारी दिएको छ। पहिलो बर्षको विजेता हिविसकस इङ्लिस स्कुल र दोस्रो बर्षको विजेता नेपाल पुलिस स्कुल बनेको थियो।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई