अर्थ/ पर्यटन

धरानमा सुबिधा सम्पन्न होटल सन्ध्या ईन संञ्चालनमा

धरान-८ बगाछीमा नयाँ होटेल सन्ध्या ईन सञ्चालनमा आएको छ । आज मङ्गलवार एक कार्यक्रम बिच कोशी प्रदेश सभा सदस्यद्वय रमेश बस्नेत र विजय राईले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

पर्यटन व्यवसायी रविन अधिकारीले १ करोड ५० लाख रुपैयाँ लगानीमा पर्यटकका लागि स्तरीय सुविधा सम्पन्न होटेलहरू धरानमा आवश्यक भइरहेका बेला संचालनमा ल्याएको हो।

होटेलमा १६ वटा पर्यटक स्तरीय कोठा छन् । छुट्टै कफी सप, ३० जना क्षमताको रेस्टुरेन्ट, छुट्टै मिटिङ र सुविधा सम्पन्न सेमिनार हल छन् । होटेलमा पर्याप्त सवारी पार्किङ स्थल रहेको छ ।

होटल उद्वाटन पछि सांसद विजय राईले धरानमा स्तरीय होटेल अभाव रहेको अवस्थामा होटेल व्यवसाय व्यवस्थित नहुँदा पर्यटक भित्र्याउन समस्या रहेको बताउँदै भने ‘गुणस्तरीय सुविधा र सेवाबाट मात्र धरानका होटलहरुको प्रचार पर्यटकहरूबाट बाहिर सम्म पुग्ने बताउनु भयो।

प्रदेश सांसद रमेश बस्नेतले धरानमा सुविधा सम्पन्न पर्यटक स्तरीय होटेलको कमी रहेको बेला होटेल सन्ध्या इन सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । उनले भने ‘स्थानीय सरकारको पहल, पर्यटन एवं होटेल व्यवसायीहरूको लगानीमा अझ सुविधा सम्पन्न होटलहरु खोलिन आवश्यक छ ।’

धरान धार्मिक,शैक्षिक र स्वास्थ्योपचारको केन्द्रको रूपमा रहेकाले पर्यटनको प्रचुर सम्भावना भएको उनले बताए । धरानका होटलहरुमा पर्यटन मैत्री व्यवहार कम रहेको गुनासो भने हट्नु पर्ने उनले आग्रह गरे ।

होटेलका प्रोप्राइटर अधिकारीले लामो समय देखि होटेल व्यवसाय सञ्चालन गर्दै आएकाले होटेल सन्ध्या इनमा पर्यटकले चाहने सुविधा उपलब्ध गराउने बताए।

उद्घाटन कार्यक्रमामा धरानका राजनैतिक दलहरूका नेताहरू, व्यवसायीहरू, सङ्घ संस्थाका अगुवाहरूको उपस्थिति थियो ।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था धरान: धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको