राजनिती

कोशी प्रदेश सरकारमा ३ मन्त्री र एक राज्यमन्त्री सहित काँग्रेस सरकारमा सहभागी

धरान; कोशी प्रदेश सरकारमा ३ मन्त्री र एक राज्यमन्त्री सहित नेपाली काँग्रेस सरकारमा सहभागी भएका छन। केन्द्रीय

केन्द्रीय सत्ता गठबन्धन भएको लामो समयपछि प्रदेश सरकारमा सहभागीता जनएको हो। नवनियुक्त मन्त्रीहरूले शुक्रवार बिहानै शपथ ग्रहण गरिसकेका छन् ।

प्रदेश महामन्त्री तथा प्रदेशसभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा काँग्रेस सरकारमा सहभागी भएको हो । कृष्णप्रसाद सिटौला समूहबाट राई भौतिक पूर्वाधार मन्त्री र झापाका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

ताप्लेजुङका खगेनसिंह हङ्गामा उद्योग कृषि तथा सहकारी मन्त्री र सुनसरीका सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । मण्डल सुनसरी क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित सांसद हुन् । उनी केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको सिफारिसमा मन्त्री भएका हुन् ।

हङ्गामा केन्द्रीय सदस्य राजीव ढुङ्गाना निकट मानिन्छन् । तत्काल कोशी सरकारमा सभापति शेरबहादुर देउवा समूहका नेताहरूले मात्र जिम्मेवारी पाएका छन् ।

काँग्रेसबाट थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने बताइएको छ ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद