धरानमा सोमवार विपि चिन्तन प्रतिष्ठान र नेपाली काँग्रेसद्वारा आयोजित वीपी कोइराला जन्म जयन्तीको अवसरमा विचार गोष्टी र सम्मान कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस पार्टीको विभिन्न जिम्मेवारीमा रहेको र पार्टीमा लामो समय योगदान दिएका ६ जना अग्रजहरूलाई सम्मानित गरिएको छ।
सम्मानितहरूमा रतन प्रसाद राई, वराहक्षेत्र-२, पुष्पराज ढकाल धरान-१३, जमुना राई वराहक्षेत्र-५, फुलमाया तामाङ वराहक्षेत्र-५, शैलेन्द्र श्रेष्ठ, धरान-१६, माधव गोविन्द श्रेष्ठ धरान-२, भरथ चौधरी रामधुनी-६ रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस उपसभापति गुरुङले भने ‘अब पछि हट्नु मिल्दैन ।’ राजनीतिक अस्थिरताका कारण उत्पन्न विशेष परिस्थितिसँग सामना गर्न काँग्रेस-एमाले मिलेर लड्ने निष्कर्षले दुवै पार्टी बिच सहकार्य भएको उनले बताए ।
मुलुकको प्रमुख ठुला दुई पार्टी मिलेर देशका मनोमानी गर्न आँट्यो भन्ने कुरा पनि उठ्न सक्ने बताउँदै उनले भने ‘त्यस्तो केही होइन, आशङ्का गर्ने अत्तालिने कुनै कुरा छैन ।’ काँग्रेस कार्यकर्ता पनि यसबाट अल्मलिन नहुने उनले बताए
प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकको राजनीतिमा उत्पन्न विशेष परिस्थितिका कारण काँग्रेस-एमाले सहकार्य भएको बताएका छन् ।
पार्टी केन्द्रीय उपसभापति गुरुङले राजनीतिक अस्थिरता अन्त्य गर्ने नाममा समानुपातिक प्रतिनिधित्व अन्त्य गरेर पछाडि फर्कन नमिल्ने बताउँदै समानुपातिक प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन पद्धतिमा समावेश गर्ने विकल्पको प्रस्ताव आफूले काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको स्पष्ट गरे ।
उनका अनुसार अहिलेको ११० समानुपातिक सिटको सूची प्रणाली हटाउनु पर्छ । अहिले कायम रहेको १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रबाटै क्लष्टर छुट्याएर समानुपातिक निर्वाचन क्षेत्र तोकिनु पर्छ ।
कुल संसदीय सिट मध्ये अहिलेको समानुपातिक ११० सिटको आधारमा ५५ सिट सबै जातीय समानुपातिक प्रतिनिधित्व हुने गरी महिलाका लागि छुट्याइनु पर्दछ ।
सबै समानुपातिक प्रतिनिधित्व गर्न प्रत्यक्ष ५५ सिटमा पुरुष चुनावमा उम्मेदवार हुने व्यवस्था गरिनु पर्दछ । बाँकी ५५ संसदीय सिट खुल्ला निर्वाचन क्षेत्र कायम गरिनु पर्दछ ।
उपसभापति गुरुङले भने ‘यसो गर्दा सांसदको सङ्ख्या पनि घट्छ, समानुपातिक प्रतिनिधित्व पनि हुन्छ ।’ प्रत्यक्ष निर्वाचनबाटै दलहरूले समानुपातिक प्रतिनिधित्व सहित स्पष्ट बहुमत ल्याउन सक्ने बताउँदै भने ‘यसबाट राजनीतिक अस्थिरता समाप्त हुने निश्चित छ।’
नेपाली काँग्रेस कोसी प्रदेश महामन्त्री उमेश थापाले पार्टीमा भाइ बुहारी, भाइजु दाई आफन्तलाई जिम्मेवारी दिने चुनावमा टिकट दिने नातावादले पार्टी संकटमा परेका बताउनु भएको छ।
प्रतिष्ठानकी अध्यक्ष श्यामा रेग्मी र काँग्रेस नगर सभापति श्याम पोखरेल र सुजेन्द्र तामाङको सभापतित्वमा भएको गोष्ठीमा सुनसरी काँग्रेस संस्थापक सभापति हरिनाथ बास्तोला, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, प्रजातान्त्रिक विचार समाजका सुनसरी अध्यक्ष यमनाथ बरालले काँग्रेस जिल्ला सभापति केदार भण्डारी वीपीका बारेमा प्रकाश परेका थिए ।
सो कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य दोर्ची सेर्पा, तरण दल केन्द्रीय सदस्य विशाल कटवाल, महिला सङ्घ केन्द्रीय सदस्य उर्मिला प्रधान, र सम्मानित रतनप्रसाद राईले मन्तव्य व्यक्त गरेका थिए ।
भिडियो पनि हेर्नुस: