महिला/बालबालिका

धरानमा महिलावादी अनुपम अभियानको र्‍याली, ८४ मा महिला नेतृत्वको आव्हान


देशव्यापी महिलावादी’ भन्ने सन्देशका साथमा शुक्रबार धरानमा अन्तर–पुस्ता महिलावादी मञ्चको आयोजनामा ‘अनुपम अभियान’ र्‍याली निकालिएको छ ।

‘महिला हिंसा अन्त्य गरौँ,’ ‘अब नेत्री बन्ने हो, शिकार बन्ने होइन,’ ‘महिला नेतृत्व मिशन ८४,’ ‘अनुपम यात्रा सफल पारौं लगायतका प्ले कार्डसहित र्‍याली निकालिएको थियो।

धरानका मेयर हर्क साम्पाङ्ले महिलाहरूले नेतृत्व गरे भने पुरुष भन्दा राम्रो गर्न सक्ने र भष्टचार पनि नहुने र महिलालाई पुरुष बराबर अधिकार दिनु पर्ने बताए।

अनुपम अभियानका संस्थापक सदस्य सरु जोशीले
आगामी २०८४ सालको निर्वाचनलाई लक्ष्य बनाएर अबको निर्वाचन महिलाहरुले नेतृत्व गर्नु पर्ने उदेश्यका साथ ‘अनुपम अभियान’ सञ्चालन गरेको बताईन।

उनका अनुसार सबै महिला एकजुट बनाउदै हामी देशव्यापी यात्रा गर्दैछौँ, न्यायिक र समतामूलक समाज बनाउने अभियानको उदेश्य भएको जानकारी गराईन ।

महिला सञ्जाल धरानकी अध्यक्ष सपना राईले
यो अभियानले महिलावादीहरूको स्वाभिमान र आत्मसम्मान बढ्ने र महिलाहरूलाई रचनात्मक बनाउँदै लैजाने विश्वास रहेको बताईन।

अनुपम महिलाबादी अभियानमा धरानकी निवर्तमान उपप्रमुख मञ्जु भण्डारी, कार्यापालिका सदस्य सिर्जना नेपाललगायत विभिन्न संघसंस्था, राजनितिक दलहरूमा आवद्ध महिलाहरूको उपस्थिति रहेको थियो ।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम