शुक्रबार धरानमा जसकुमार राई र अर्जुन उप्रेतीले तयार गरेको ‘नेपालमा सुरुङ युद्ध’ नामक पुस्तक होटल रत्न ईनमा पुस्तक बार्ता संवाद कार्यक्रम गरिएको छ।
कम्युनिष्ट बिचारधाराका नेता रत्नकुमार बान्तावाले नेपालमा व्यवस्था परिवर्तनका लागि पहिलो पटक सुरुङ युद्ध गरेको इतिहास स्थापित गर्दै ‘नेपालमा सुरुङ युद्ध’ नामक पुस्तक प्रकाशित भएको थियो ।
पुस्तक वार्तामा राजनीतिक क्षेत्रका ताजुब लिम्बु र सुनिता किराँती सीले रत्नकुमार बान्तावाको राजनीतिक योगदान र बलिदान बारे समीक्षा गरे ।
सुनिता किराँतीले कम्युनिष्ट पार्टीमा आबद्ध भएतापनि उनले क्रान्तिका लागि सुरु गरेको ‘सुरुङ युद्ध’ नितान्त छुट्टै कदम थियो र उनले गरेको सुरुङ युद्ध क्रान्तिका लागि रणनीतिक महत्वको स्वीकार गर्दै माओवादी सेनाको एक ‘रत्नकुमार बिग्रेड’ उनको सम्मानमा स्थापना गरिएको बताइन् ।
ताजुब लिम्बुले रत्नकुमार बान्तवाको क्रान्तिकारी धारले परिवर्तनकारी नेपाली राजनीतिक आन्दोलनका लागि ठुलो योगदान पुर्याए पनि सत्तामा पुगेपछि उचित सम्मान र मुल्यांन नगरेको बताए ।
पुस्तकका सहलेखक अर्जुन उप्रेतीले रत्नकुमारको विद्रोहले २०३६ सालमा जनमत सङ्ग्रह घोषणाको पृष्ठभूमिमा भूमिका खेलेको दाबी गरे । उनले भने ‘रत्नकुमार बान्तावाले गरेको विद्रोह, सङ्घर्ष र सङ्गठन नेपालको कम्युनिष्ट पार्टीका कार्यकर्ताका लागि अनुकरणीय छ ।’
रत्नकुमार राईका नजिकका नातेदार पुराना वामपन्थी नेता बम देवानले एउटा पुस्तकले रत्नकुमार बान्तावाको विस्तृत जीवनी पुरा नहुने बताउँदै आफूले पुस्तकमा लेखेको मन्तव्य पनि सम्पादनमा परेको गुनासो सुनाए ।
राजनितिज्ञ, सामाजिक लगाएत विभिन्न क्षेत्रका प्रतिष्ठीत व्यक्तित्वहरुको उपस्थीती रहेको थियो। पुस्तक वार्ताको सहजीकरण भने जनकऋषि राईले गरेका थिए ।
भिडियो पनि हेर्नुस: