अपराध

धरानको हनुमन्त हार्डवेयरबाट चोरी गरेको नगद सहित एक जना प्रकाउ

धरान: हनुमन्त हार्डवेयरमा काम गर्ने मोरङ रंगेली नगरपालिका वडा नम्बर ५ बस्ने २२ बर्षका दिपक कुमार ऋषिदेवलाई ४ लाख ८० हजार ८ सय ५० रुपैया नगद सहित ईलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिएका छन ।

धरान उपमहानगरपालिका वडा नम्बर १ पृथ्बीमार्ग स्थित अनुप कुमार अग्रवालले संचालन गरेको हनुमन्त हार्डवेयरबाट लकर (भल्ब ) काटी र पैसा चोरी भएपछि सोही हार्डवेयर पसलमा काम गर्ने दिपक कुमार ऋषिदेवलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा आफैले चोरी गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।

उक्त घरको गेट अगाडि सटर माथी कालो प्लाष्टिकमा पोको पारी राखेको २ लाख ९४ हजार ८ सय ५० रुपैया र घरको दोश्रो तल्लामा रहेको फ्रिज मुनी राखेको १ लाख ८६ हजार फेला पारी जम्मा ४ लाख ८० हजार ८ सय ५० रुपैया नगद रकम सहित उक्त व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान कार्य भईरहेको छ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ