वराहक्षेत्र नगरपालिका वडा नं ६ र वडा नं ९ मा पर्ने श्रीलंका टप्पु तर्फ सप्तकोशी नदिले कटान गरि राखेको छ । केही दिन देखिको सप्तकोशी नदिको कटानले टप्पुका स्थानियहरुलाई त्रषित बनाएको छ । सप्तकोशी नदिले टप्पुको जलाल , शिशौली घाट र चिलैया क्षेत्रमा दैनिक रुपमा ५ सय मिटर जमिन कटान गरिरहेको स्थानिय बृद्बिकुमार माझी बताउछँन् ।
कोसीमा क्रमश पानिको बहाब घट्दे गए पछि पानीले बलौटे माटो खोत्लने कार्य तिब्र रुपमा हुने गर्दछ । बलौटे माटो भएकाले कोशीको कटान तिब्र रुपमा हुने गरेको स्थानीय राजकुमार चन्द्रबसीको भनाई छ । कोशीले तिब्र गतिमा कटान सुरु गरेको जानकारी दिए पछि नगर प्रमुख रमेश कार्की टप्पु आउनु भएको उनको भनाई छ । नगर प्रमुख कार्कीले तत्काल कटान रोक्ने प्रयास स्वरुप बोरा लगाएका स्थानीय सामाग्रीको व्यवस्थापन गरिदिएको उनले बताए । उनी भन्छन् यसले केही हदसम्म कोशी कटान नियन्त्रण गर्न सहयोग मिल्ले छ । तर हाम्रो माग भनेको कोशी कटानको दिर्घकालिन समधान नै हो । यसकालागि प्रदेस सरसकार , संघिय सरकारसंगै छिमेकी देशको बिहार सरकारले योजना बनाउनु पर्ने उनको माग छ ।
कोशी कटानको दिर्घकालिन समधानकालागि सम्बन्धित निकायको ध्यानाआक्रषण गरिरहेको नगर प्रमुख रमेश कार्कीको भनाई छ । तत्काल गर्नु पर्ने काम , उद्घार , राहत लगायतका योजना र तयारीमा नगरपालिका रहेको नगर प्रमुख कार्कीले बताए ।