धरान-२ भानुचोक स्थित ए.क्यु.अप्टिकलमा एक बर्षे नि:शुल्क आँखा तथा चश्मा जाँच शिबिर सोमबारबाट शुभारम्भ भएको छ।
लायन्स क्लब अफ धरान इम्प्याक्टले ए.क्यु.अप्टिकल सङ्गको प्राबिधिक सहयोगमा एक बर्ष सम्म अर्थात ३ सय ६५ दिन निशुल्क आँखा तथा चश्मा जाचको सुबिधा दिने अप्टिकलका प्रबन्ध निर्देशक मोहम्मद जाबेद अख्तरले बताए।
लायन्स क्लब अफ धरान इम्प्याक्टका प्रेसिडेन्ट लायन सोनु राई सुवेदीको ड्रीम प्रोजेक्टको रुपमा रहेको शिबिरको पास्ट डिस्ट्रीक गभर्नर लायन धिरज गुरुङले उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा लायन बिपिन सुब्बा, लायन चित्रा कुमारी गुरुङ ,एम्स एकेडेमीका कोअर्डिनेटर दुर्गा सुवेदी, लायन आभा सुवाल, लायन सुक्मनी मास्के, लायन कमला लिम्बू, लायन कविता लिम्बू, लायन अम्बिका श्रेष्ठ,लायन शशी राई , सचिब देवानन्द झा लगायतको उपस्थिति थियो। शिबिर २०२४ जुलाई १ देखि आगामी सन २०२५ जुन २० सम्म रहने छ। हरेक दिन दिउँसो १२ बजेदेखी ४ बजेसम्म नि:शुल्क आँखा तथा चश्मा जाचको सेवा लिन सकिने अप्टिकलका प्रबन्ध निर्देशक जाबेदले जानकारी दिए।