अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था

धरान: धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ । युवा व्यवसायी श्रृजना सुब्बाले साँगुरीगढी गाँउपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन । करिब २ करोडको लगानीमा सुब्बाले देव फिस फार्मस्टे’ होटल सञ्चालनमा ल्याएकी हुन् । माछा फारम सहित सञ्चालनमा आएको होटलमा पारिवारिक वातावरणमा रमाउन सकिने सञ्चालिका सुब्बाले जानकारी दिइन ।

खोलाको बगरमा रमाउन चाहाने हरुका लागी क्यापिङको व्यवस्था समेत होटलमा रहेको छ । स्वादिष्ट खाना सगै रमणिय दृश्यावलोकन गर्न सकिने तथा होटलमा रात्री बस्नको लागी टेण्डको व्यवस्था गरिएको छ । होटलमा वनभोज सगै विभिन्न पाटीको लागी समेत व्यवस्था रहेको छ । होटलमा आफै फिसिङ सगै क्याप फयार समेत गर्न पाईने सञ्चालिका सुव्बाले वताईन ।

होटल सञ्चालनमा आए सगै सो क्षेत्रमा पर्यटकहरुको आगमन समेत बढ्नुका साथै अर्थतन्त्र चलायामान हुुने युवा नेता रवि राईले वताए । साथै उनले सो क्षेत्रमा उत्पादन हुने अर्गानिक साग सब्जीको बजार समेत विस्तार हुने बताए ।

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको
अर्थ/ पर्यटन

धरानमा सुबिधा सम्पन्न होटल सन्ध्या ईन संञ्चालनमा

धरान-८ बगाछीमा नयाँ होटेल सन्ध्या ईन सञ्चालनमा आएको छ । आज मङ्गलवार एक कार्यक्रम बिच कोशी प्रदेश सभा सदस्यद्वय रमेश बस्नेत