धरान: धरान-१२ स्थित सुनाखरी एकेडेमिद्वारा कक्षा-११ मा अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई बुधबार अभिमुखिकरण गरेको छ।
धरान-१२ कै गोरखा होटलमा अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको हो। एकेडेमीका प्रीन्सिपल मिलन कुमार राईले सुनाखरी पढाईमा असक्षम छ भन्ने अफवाह फैलाईएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न र अतिरिक्त क्रीयाकलापमा अब्बल बनाउन सक्षम रहेको बताउनु भयो।
धरान उप-महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष टंक बहादुर राईले कक्षा-११ मा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भबिष्य निर्माण गर्नको लागि मिहिनेतसाथ पढ्न आग्रह गर्नुभयो।
एन्फा एकेडेमी धरानका वरिष्ठ फुटबल कोच एबम पुर्ब राष्ट्रिय खेलाडी इन्दु रसाईलीले सुनाखरी एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था भएको बताउदै नव आगन्तुक बिद्यार्थीहरुलाई शुभकामना दिनु भयो।
एकेडेमिका प्लस टु कोअर्डिनेटर टप कुमार राईले सुनाखरीले सङख्या भन्दा गुणस्तरमा ध्यान दिदै आएकोले ढुक्क भएर अध्ययन गर्न बिद्यार्थीहरुलाई आग्रह गर्नु भयो। प्राईम भिजन कलेजका सि. ई. ओ. अभिषेक श्रेष्ठले होटल म्यानेजमेन्टका बिद्यार्थीहरुलाई अभिमुखिकरण प्रस्तुत गर्नुभयो। कक्षा-१२ का बिद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरे। एकेडेमीका निर्देशक प्रदिप राईको अध्यक्षतामा भएको कार्यक्रममा शेयर सदस्य किशोर साम्बाहाम्फे, प्राईम भिजन कलेजका प्रबन्ध निर्देशक, करातेका प्रशिक्षक किरण लामा शिक्षक-शिक्षिका लगायतको उपस्थिति थियो।