धरान: पुर्बको पहाडी क्षेत्र गाउँ बाट धरान पढन आएका छात्राहरु रोजगारी नपाए पछि पैसाको लागि यौनधन्दा गरिरहेको भन्ने अभिव्यक्ति दिएकी महिला पत्रकार संन्जीता धमलालाई कारबाही गर्न माग गर्दै महिलाहरुले नाराबाजी गरेका छन।
शनिबार साँझ ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार धमलालाई झिकाउन माग गर्दै निवेदन दिएका थिए । फेरी
आइतबार बिहान पनि करिब १० बजे प्रहरी कार्यालयमा पुगेका महिलाहरुले पत्रकार धमलाविरुद्ध नाराबाजी पनि गरेका थिए । उनीहरुले पत्रकारले जथाभावी बोलेको भन्दै धमलालाई कारबाही गर्नुपर्ने बताए ।
पहाडबाट पढ्न धरान आएका छोरीचेलीहरु यौनधन्दामा लागेको भनेर अपमानजनक अभिव्यक्ति दिएकोले कि प्रमाण ल्याउनु पर्यो कि माफी माग्नु पर्यो नत्र कार्वाही गरेर नै छाड्ने महिलाहरुले बताए।
ईलाका प्रहरी कार्यलय धरानमा डिएसपी मानबहादुर राईसँग छलफलमा धमलाविरुद्ध हिरामाया गुरुङले दिएको निवेदन जिल्ला प्रशासनले गठन गरेको छानबिन समितिलाई बुझाउने र समितिको प्रतिवेदन वमोजिम हुने समझदारी भएको आन्दोलनरत महिलाहरुको भनाई छ । त्यसपछी र्याली र नाराबाजी गर्दै आन्दोलित महिलाहरुले भानुचोकमा कोणसभा गरेका थिए।
गत बुधबार धरान ७ स्थित सिद्धि नेवा परिषदमा जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाईमा पत्रकार धमलाले धरानमा यौनधन्दा एकदमै बढेको, पहाडबाट पढ्न आएका विद्यार्थीहरु पार्टटाइम यौनधन्दामा रहेको अभिव्यक्ति दिएकी थिइन् । जनप्रतिनिधिले घुस लिएर नागरिकता दिएको भन्ने धमलाको उक्त अभिव्यक्ति पछि मेयर साम्पाङले प्रमाणसहित कार्यालयमा आउन फेसबुक स्टाटस बाट बार बार भनेका थिए ।
शुक्रबार मेयरको कार्यकक्षमा पुगेकी धमलाले शुरुमा आफुले प्रमाण छ नभनेको, सुचना आएको छ मात्र भनेका दाबी गरिन् । पछि, प्रमाण भएपनि नदिने भन्दै प्रमाण माग गर्ने तपाई को हो ? भनेर चुनौती दिएकी थिइन् । मेयरको कार्यक्षमा चर्काचर्कापछि मेयर साम्पाङले प्रहरी बोलाएर धमलालाई बाहिर निकाल्न आदेश दिएका थिए । नगर प्रहरी र नेपाल प्रहरीले धमलालाई लछारपछार गर्दै बाहिर निकाल्ने क्रममा चोटपटक पनि लागेको थियो ।
यो प्रकरणले महिला पत्रकारलाई कार्यकक्षमा बोलाएर मेयर साम्पाङले प्रहरी लगाएर अपमानजनकतरिकाले निकालेको भन्दै आलोचना भइरहेको छ भने पत्रकार धमलाले पनि प्रमाणविना जथाभावी बोलेको, पहाडबाट आएका विद्यार्थीहरुलाई चरित्रहत्या हुने गरि अपमानजनक आरोप लगाएको भन्दै विरोध भइरहेको छ ।
भिडियो पनि हेर्नुस