समाज

नेपाली काँग्रेस धरान-१९ वडा समितीद्वारा नवराज मगरलाई साइकल प्रदान गरे

धरान: नेपाली काँग्रेसले धरान १९ का ज्यालादारी श्रमिक नवराज मगरलाई आइतबार साइकल प्रदान गरेका छन।  ज्यालादारी काममा धाउन उनलाई सहज भएको छ ।

साइकल किन्ने आर्थिक अवस्था पनि नभएका मगर काँग्रेसका इमानदार कार्यकर्ता पनि हुन। ज्यालादारी काम कहिले कहाँ हुन्छ कहिले कहाँ, साइकल सम्मको साधन नहुँदा समयमा पुग्न गाह्रो भइरहेको बेला अब नवराज मगरको दैनिक जीवन अलिकति भए पनि सहज भएको उनले बताए ।

नेपाली काँग्रेस धरान १९ वडा कार्यसमितिको सहयोगमा १९ हजार रुपैयाँ मूल्यमा खरिद गरिएको हो । सानै सहयोग भएपनि कार्यकर्तामा उत्साह बढाउन साइकल प्रदान गरिएको आयोजकले जनकारी दिएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि काँग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले मगरलाई साइकल हस्तान्तरण गरे । उनले भने, ‘काँग्रेसी मनको पनि धनी छन् भन्ने उदाहरण १९ वडा कमिटीले प्रस्तुत गरेको छ ।’उनले दैनिक जीवनमा आर्थिक स्थितिका कारण स-साना लाग्ने कुराले मानिसको दैनिक व्यवहारमा भोगी रहेका कठिनाइ सहज बनाउन आपसी सहयोगबाट पनि सम्भव हुन्छ भन्ने अनुकरणीय उदाहरण वडा १९ ले देखाएको बताए ।

कार्यक्रम काँग्रेस धरान-१९ का कार्यवाहक सभापति टङ्क सुबेदीको सभापतित्वमा भएको थियो। अतिथीहरु नगर सचिव जितेन्द्र राई, प्रदेशसभा कोषाध्यक्ष रबिना सुब्बा गुरुङ लगायतको कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले