नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अस्थिर चरित्रका कारण कांग्रेस र एमाले मिल्नुपर्ने अवस्था आएको बताएका छन ।
बिहीबार नेपाली कांग्रेस इटहरीको नगर सम्मेलनमा बोल्दै प्रचण्डले धेरै चकचक गर्नु भयो। अर्थतन्त्रको बेहालको अवस्था छ बजारले विश्वास गुमाएकोले यो बेलामा कांग्रेस र एमाले एक हुनुपरेको हो।
महामन्त्री थापाले गृहमन्त्रीसमेत रहेका रवि लामिछानेलाई फाइल खोल्न चुनौती दिएका छन् । अझै मन्त्रालयमा हुनुहुन्छ, अझै दुईचारदिन बस्नुहुन्छ । जति फाइल खोल्नु छ खोले हुन्छ, जजसको खोल्नु छ खोले हुन्छ,’ उनले भने, ‘अब बजारमा गएर हामीले त यो काण्ड खोल्दैथियौँ भनेर जनतालाई झुक्याउने अवस्था बन्न सक्छ । लामिछाने अझै सरकारमै रहेको र फाइल खोल्ने भए अझै समय रहेको समेत बताए ।
उनले भने सबैधानिक व्यवस्थालाई जोगाउनका निम्ति, पुनरावलोकन गर्नका निम्ति, एमालेसँग मिलेर सरकार गठन गर्नुपरेको अवस्था सृजना भएको बताए । प्रचण्डको अस्थिर चरित्र भएको संज्ञा दिदै प्रचण्डको उपद्रोबाट देउवा र ओली झुकिसक्नु भएको थियो।