धरान: नेपाली काँग्रेसका पुर्व महामन्त्री डा. शंशाक कोइरालाले आगामी १५ औ महाधिवेशनमा नेपाली काँग्रेस पार्टीलाई एक ढिक्का बनाउनकै लागि भए पनि पाटीको केन्द्रीय सभापतिमा आफ्नो दाबी रहने बताएका छ्न।
आज बुधबार नेपाली काँग्रेस प्रतिनिधीसभा क्षेत्रीय कार्यसमिती सुनसरी क्षेत्र नम्बर १ द्वारा धरानमा आयोजित गिरिजाबाबु सताब्दी जन्मजयन्ती तथा जनमत संग्रह दर्पण किताब बिमोचन कार्यक्रममा उक्त धारण राखेका हुन।
स्वर्गिय गिरिजाप्रसाद कोइराला शताब्दी वर्ष जन्म जयन्तीको अवसरमा धरानमा आयोजित लेखक/सङ्कलक गिरिराज आचार्यको ‘जनमत सङ्ग्रह दर्पण’ पुस्तक दोस्रो संस्करणको विमोचन भएको छ।
डा. कोइरालाले आफुले सिद्वान्त नमिल्ने कम्युनिष्ट संग गठबन्धन गर्न नहुने कुरा राख्दै आएको र यस्तो कार्यले काँग्रेसलाई घाटा हुँदै आएको बताए। बलियो प्रतिपक्ष लोकतन्त्रमा आवश्यक हुने र एमाले र काँग्रेस मिलेर सरकार बनाउदा प्रतिपक्ष बिहिन हुने खतरा रहेको धारण राखेका छन।
आफू कुनै गुठमा नरहेको र पनि धेरै मत लिएर गएको अधिवेशना बिजय भएको स्मरण गर्दै डा. कोइरालाले गुठले काँग्रेस पार्टी कमजोर भएको बताउदै आफुले कार्यकर्ताको मन जितेको उनिहरुको आवाज बोलिदिएकै कारण लोकपृय मत पाएको बताए। पार्टीको केन्द्रीय समितीमा ४० बर्ष भन्दा कम उमेरको नरहेकोले युवाहरुलाई समाबेश गर्नु पर्ने धारण व्यक्त गरेका छ्न।
पूर्व केन्द्रीय सदस्य महेस आचार्यले नेपाली काँग्रेसलाई पटक पटक धोखा दिएका कम्युनिस्ट सँग मिलेर सत्ताको राजनीति गर्ने गलत नीतिको विरोधमा एक्लै भए पनि काँग्रेस कार्यकर्ता बिच जनमत सिर्जना गर्न जिल्ला भ्रमण गर्ने बताएका थिए ।
उनले भने ‘देशको राजनीतिमा संविधान संशोधन समेतको नयाँ कुरा आएको छ तर कांग्रेसजनलाई यो कसरी आएको हो कुरा थाहा छैन ।’ संविधान संशोधनको संवैधानिक व्यवस्थाका बारेमा जानकारी नै नभएको जस्तै ढङ्गमा संशोधनको कुरा आएको उनले बताए ।
काँग्रेसका युगान्तकारी नेता गिरिजा बाबुसँग सहमति भएको कुरामा धोखा दिएको माओवादीसँग गठबन्धन गर्दा पुनः धोखा पाएको काँग्रेसले फेरी अर्को धोखा खाने बाटो अपनाउनु गलत भएको आचार्यको भनाई थियो ।
उनले भने ‘ऐतिहासिक परिवर्तनहरूमा गिरिजाबाबुसँग नजिक बसेर निर्णायक कार्य गरेको अनुभव सुनाउन म एक्ले भए पनि देश दौडाहामा निस्कन्छु ।’
नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिब कोइराला, राजिब ढुगाना, लक्ष्मी खतिवडा लगाएतका वक्ताहरुले धारणा राखेका थिए। उक्त कार्यक्रमको क्षेत्रीय सभापती सुजेन्द्र तामाङको अध्यक्षमा भएको थियो।