वराहक्षेत्र: गएका बर्षहरुको तथ्याङ्कका आधारमा डेङ्गु रोग सक्रमणको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले आर्थिक रुपमा कमजोर परिवारका विरामिहरुलाई डेङ्गु रोगको परिक्षण निशुल्क गर्ने भएको छ ।
नगर प्रमुख रमेश कार्कीका अनुसार डेङगु रोगको लक्ष्यण देखा परेका बिरामिहरुलाई नगरपालिकाले नगर भित्रका स्वास्थ्य संस्थाबाट निशुल्क परिक्षण, जीवन जल र आवश्यक औषधिहरुको व्यवस्थापन गर्ने छ । यसलालाई चतरा अस्पताल , नगर अस्पताल , मधुवन प्रथामिक स्वास्थ्य केन्द्र लगायतका संस्था संस्थामा आवश्यक तयारी र ब्यवस्थापन गरिनेछ ।
बुधबार स्वास्थ्य कार्यालय सुनसरीले वराहक्षेत्र नगरपालिकामा आयोजना गरेको डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले व्यक्तिगत सरसफाई , घर वरवरको सरसफाईमा लाग्न नगरवासिलाइ आग्रह गरे । घर वरवरको पानी जम्ने खाडन पुर्न , पानि जम्म नदिन् , सरसफाईमा लाग्न र डेङगुको लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था जान आग्रह गरे ।
नगरपालिकाले डेङगु सक्रमणलाई बिपत्तकै रुपमा लिएर व्यवस्थापन , आवश्यक्तालाई मध्यनजर गर्दै काम समेत सुरु गरेको र यसलाई प्रभाबकारी रुप दिन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका तथा समाजिक संघ ,संस्थालाई प्रमुख प्रसाशकीय अधिकृत गणेश बहादुर कटुबालले बताए । डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने
लार्भा सर्च एण्ड डिस्ट्रोयर्ड ( खोज नष्ट गर ) अभियान आयोजना गरिने उनले बताए ।
डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरुको सहभागितामा अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख कार्की , प्रमुख प्रशासकीय अधिकृत कटुबाल , वडाध्यक्षहरु , स्वास्थ्य कार्यालय सुनसरीका प्रतिनिधिहरु, नगर स्वास्थ्य शाखा, नगर भित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयसेविकाहरु, उद्योग बाणिज्य सघका प्रतिनिधि, पत्रकारहरुको सहभागिता रहेको थियो ।