खेलकुद

धरानमा तेस्रो राष्ट्रियस्तरीय कुराश प्रतियोगीता सुरु

धरानमा तेस्रो राष्ट्रियस्तरीय कुराश प्रतियोगीता आज विहिबार देखी सुरु भएको छ ।

कोशी प्रदेश कुराँश संघको आयोजनामा धरान १६ स्थित रंगशालाको कर्भड हलमा बिहिबार कोशी प्रदेस खेलकुद बिकास बोर्ड उपाध्यक्ष विन्दीया कार्कीले उद्वटान गरेका छन ।

सो कार्यक्रममा बोल्दै कार्कीले भनिन खेल नै जीवन भएका भन्दै खेलमा लागेका खेलाडीहरु अनुशासीत स्वास्थ्य हुने, नेपालका जुनै खेलका खेलाडीहरूले राष्ट्रिय पदक प्राप्त गरी नेपालको शान मान र ईजज्त दिलाउन सफल रहँदै आएको छ। खेलाडीहरु राष्ट्रका सम्पत्ति हुन उनीहरुलाई लगानी गरे उन्नत राष्ट निर्माणमा सहयोग पुग्ने बताईन ।

प्रतियोगितामा ७ प्रदेशका १०० जना खेलाडी, ४० जना अफिसियल सहभागी छन् । प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिस प्रदेशका खेलाडीहरू प्रतियोगितामा सहभागी छन् । ३ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न पुरूष, महिला, जुनियर र सिनियर चार क्याटेगोरी १९ बिधामा तौल समूहले प्रतिस्पर्धा गर्दैछन् ।

धरानमा हुने राष्ट्रिय प्रतियोगीताको विश्वभर प्रचार हुने भएकोले यसबाट नेपाल तथा धरानको पर्यटन प्रवर्द्धनमा सघाउन पुर्‍याउने उदेश्यले प्रतियोगीताका गरिएको कुराँश संघका केन्द्रीय सदस्य अशोक राईले बताए ।

नेपाल कुराश संघ, राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त संघ हो । प्रतियोगीता संघको आयोजनामा जेठ ११, १२, १३ गते सम्म हुनेछ । प्रतियोगीतामा महिला जुनियरतर्फ ३६ केजी, ४० केजी, ४४ केजी, ४८ केजी, ५२ केजी, ५७ केजी, ६३ केजी तलका र ६३ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी महिलाकै सिनियरमा ४० केजी, ४४ केजी, ४८ केजी, ५२ केजी, ५७ केजी, ६३ केजी, ७० केजी तलका समूह र ७० केजी माथि प्रतिस्पर्धा हुनेछ ।

पुरूष जुनियरमा भने सात तौलसमूहमा प्रतिस्पर्धा हुने छ । पुरुष प्रतिस्पर्धामा २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी तलका समूह र ५० केजीमाथि तौल समूह रहेको छ ।

पुरूषको सिनियरमा ४० केज, ४४ केजी, ४८ केजी, ५२ केजी, ५७ केजीमुनि, ६३ केजी, ७३ केजी तलका समूह र ७३ केजीमाथि तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा खेलाडीहरूले कुल १९ स्वर्ण, १९ कास्य र ३८ पदकका प्राप्त गर्ने भएको छ। प्रतियोयगीताका उत्कृष्ट खेलाडी १ महिला, १ पुरुषले अतिरिक्त पदक प्राप्त गर्ने छन ।
प्रतियोगीतामा खेलाडीले प्राप्त गरेको पदकको आधारमा प्रथम, द्वितीय र तृतीय टिमलाई शिल्ड प्रदान गरिने भएको छ
प्रतिया्ेगिताको अध्यक्षता कोशी प्रदेश कुराँस संघका अध्यक्ष दुर्गा राईले गरेका थिए । प्रतियोगितामा नेपाली काँग्रेस धरानका सचिव हिमाल श्रेष्ठ ,जसपा केन्द्रीय सदस्य ताजुव लिम्बु लगायत राष्ट्रिय तथा अन्तराष्टिय खेलाडी तथा प्रशिक्षकहरु लगायतको उपस्थिीती रहेको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक