समाज

मृगौला पीडित गङ्गाराम राईलाई एनप्याव्सनको ५ लाख ३६ हजार नगद सहयोग


धरान: दुवै मृगौला पीडित गङ्गाराम कुलुङ राईलाई एनप्याव्सन धरान नगर समितिले आर्थिक सहयोग गरेको छ ।

समितिले आइतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विभिन्न विद्यालयबाट सङ्कलन गरेको सहयोग रकम
नगद ५ लाख ३६ हजार छ सय रुपैयाँ सहयोग हस्तान्तरण
गरेको हो ।

बिरामीको उपचारमा सहयोग पुर्‍याऊ भन्ने उद्देश्यले सहयोग सङ्कलन गरिएको एनप्याव्सन धरानका अध्यक्ष भगत लिम्बूले बताए । एनप्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङले स्कुल सञ्चालन गर्ने र पढाउने मात्र नभएर परेको वेला सहयोग पनि गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि सहयोग सार्थक हुने बताए ।

त्यसैगरी एनप्याव्सन कोशी प्रदेश सहसचिव प्रभास राजवंशीले साथीलाई परेको समस्यामा केही मात्रामा भए पनि सहयोग गर्न सक्नु नै मानवीय धर्म भएको बताउँदै आत्मबल दरो बनाउन सुझाव दिएका थिए ।

त्यसैगरी एनप्याव्सन सुनसरीका सहसचिव चन्द्र प्रसाद ढकालले आत्मबल बलियो बनाउन सुझाव दिँदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका थिए ।

दुवै मिर्गौला फेल भएर त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा विगत ४ महिनादेखि उपचार राई धरान-१५ स्थित हिविसकस इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत रहेका छन् । संस्थाको सहयोगबाट आफूलाई उपचारमा सहयोग पुग्नुको साथै हौसला मिलेको पीडित राईले बताए ।

राई मिर्गौला प्रत्यारोपणको अन्तिम तयारीमा रहेका छन् । उनलाई उनकी श्रीमतीले मिर्गौला दिनको लागि सबै कागजी प्रक्रिया तयारी भइरहेको पीडित राईले जानकारी दिए ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले