धरान विशेष

धरानले पायो ८ महिना पछि प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राई

रोहित कुलुङ राई

उपमहानगरपालिकामा ८ महिना देखि प्रमुख प्रशासकीय अधिकृत विहीन थियो । आज सहसचिव भुपेन्द्र राईले हाजिर भई प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका छन।

धरानमा प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा धरानमा विकास निर्माण तथा शिक्षक, कर्मचारीका तलब भुक्तानी समेत महिनौँ देखी रोकिएको थियो। दैनिक ज्यालादारी कर्मचारीदेखि आयोजनाको भुक्तानी समेत रोकिएको थियो ।

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता, दिर्घरोगी लगायत नागरिकहरूले तत्काल पाउनु पर्ने सेवा सुविधा रोकिएको विकास निर्माणका भुक्तानीहरू, शिक्षक तथा कर्मचारीहरूको सेवा सुविधामा समेत प्रत्यक्ष असर परि संक्रमणकाल सृजना भएको थियो।

नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबाट सहसचिव श्रीराम ठाकुरलाई धरानमा पठाउने निर्णय गरेको भएपनि ठाकुरले बिच बाटोबाटै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा मिलाएर गएका थिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार जेठ १८ गते मन्त्रीस्तरिय निर्णयबाट ४ जना सहसचिव सरुवा भई सहसचिव ठाकुरले मन्त्रालयबाट धरान सरुवा हुने पत्र बुझिसकेको बताएका थिए । तर ठाकुर बाटैबाट अर्कै तिर सरुवा लिएर गएका हुन ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा उपमहानगरपालिकाको आर्थिक र प्रशासनिक कार्य ठप्प भएको अवस्था प्रति धरानका स्थानीय राजनीतिक दलहरूले गम्भीर चिन्ता प्रकट गर्दै प्रधनमन्त्री कार्यलय समक्ष जोडदार माग गरेको थियो।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।