धरान: कलवार सेवा समिती धरानले शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
धरानको भानुचोक स्थित लोकतान्त्रिक चौतारीमा भएको रक्तदानमा ६० पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक एबम समाजका सल्लाहकार अमित कुमार गुप्ताले जानकारी दिए।
रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी सुनसरीले प्राबिधिक सहयोग गरेको थियो।
बिगत केही समय देखि धरानमा मात्र नभएर देशब्यापी रुपमा भएको रगतको चरम अभावलाई केही मात्रामा भए पनि राहत पुगोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको समितिका सल्लाहकार गुप्ताले जानकारी दिए।
कलवार समाजमा आबद्ध लगायत अन्य विभिन्न ब्यक्तिहरुले रक्तदान गरेका थिए। रक्तदान जस्तो पबित्र कार्यलाई जीवनदान सरह मानिदै आएको छ।