Uncategorized

नेपाल पत्रकार महासङ्घको निर्वाचन सुनिश्चित गर्न नेपाल प्रेस युनियनको माग

नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको निर्वाचन सुनिश्चित गर्न माग गरेको छ ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले पत्रकार महासङ्घको विधान अनुसार सदस्यता टुङ्गाएर निर्वाचनको सुनिश्चित गर्न आग्रह गरेको हो ।

युनियनले नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनमा उम्मेदवारको प्रारम्भिक सूची तयार गरी आवश्यक परामर्श गर्नका लागि युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

समितिको सदस्यहरूमा उपाध्यक्षहरू नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल र सदस्य सचिवमा युनियनका महासचिव दिलीप पौडेल रहेका छन् ।

महासङ्घको अधिवेशन जेठ २६ गते तोकिएको भए पनि सदस्यता विवाद नटुङ्गिए पछि युनियनले महासङ्घका शाखाले सर्वसम्मत रूपमा सिफारिस गरेका सदस्यहरू कायम गर्न, जिल्लाबाट सिफारिस गरेपछि कतिपय प्रदेश समितिले हटाएका नामलाई समेत कायम गर्नुका साथै कारणवश छुटेर प्रदेश समितिमा उजुरी परी छानबिनबाट सिफारिस भएका सदस्यहरूलाई कायम गर्दै महासङ्घको सदस्यता टुङ्गाउन आग्रह गरेको छ ।

सचिवालय बैठकले सन् २०२४ जुन १९ मा बेलायतको लन्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को वार्षिक साधारण सभामा सहभागी हुन नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई पठाउने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा