सहित्य/सिर्जना

एस.ई.ई.स्पिकरका १५ प्रतिष्पर्धी फाईनलमा प्रबेश

धरान: -याडिकल लाईट नेपाल प्रा.लि.धरानद्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को सेमि फाईनल बाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरु फाईनलमा प्रबेश गरेका छन।

   धरान-८ स्थित सहिद स्मृति मा.बि. को सभा हलमा मङ्गलबार सम्पन्न सेमि फाईनलबाट १५ जना सहभागिहरु  फाईनलमा प्रबेस गरेका हुन।

फाईनलमा प्रबेश गर्नेहरुमा सियोन स्कुलकी सोनिया नेपाली, जडेज मा.बि.कालाबन्जारकी कन्चन पौडेल, यु.एन.स्कुल धरानका प्रेम बिश्वकर्मा, ज्वालामुखी मा.बि. पट्नालीकी बिबिका राई, सहिद स्मृति मा.बि.का झरना राई र जेलिसा पौडेल रहेका छन। यसैगरी चिल्ड्रेन एकेडेमी धरानकी सनिता लिम्बू, हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका जनक शाह, सरस्वती मा.बि. पानमाराकी जेनिशा सुनाम, भानु स्मृति मा.बि.कि निशा बराईली र जेम आवासीय मा.बि. कि क्याथरिन योन्जन फाईनलमा प्रबेश गरेका छन। त्यस्तै हिमालयन बोर्डिङ चतराकी दिया राई,जनसहयोग मा.बि.तरहराकी रेशिका शर्मा, शिक्षा सन्देस बोर्डिङ पानमाराकी ममता तामाङ र पानमाराकै एभरेस्ट बोर्डिङकी स्मृती लिम्बू फाईनलमा प्रबेश गरेको आयोजकले जनाएको छ।

 सेमि फाईनलका लागि लागू औषध दुर्ब्यसन:चुनौती र समाधानका उपाय, ट्राफिक नियम उल्लंघन:चुनौती र समाधानका उपाय, जलवायु परिबर्तन: चुनौती र समाधानका उपाय र विद्यार्थी र देशको भबिष्य  गरि चार वटा शिर्षकहरु रहेका थिए। दिइएका चार वटा शीर्षक मध्ये सहभागीलाई कुनै एउटा शिर्षक छानेर बोल्न दिइएको थियो।  प्रतियोगिताको निर्णायकहरु महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेस बिद्रोही र सहिद स्मृति मा.बि.का शिक्षक टन्क भट्टराई रहेका थिए।     

कार्यक्रममा धरान उप-महानगरपालिकाका उप-मेयर अइन्द्र बिक्रम बेघा,सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम बहादुर बिष्ट, सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. का सि. ई. ओ. सुरेन्द्र घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका सई राजेन्द्र तामाङ, हिमाल कार्की, राम लिम्बू, कैलास लिम्बू, हरिहर कोईराला लगायतको उपस्थिति थियो।
एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उचित प्लेटफम प्रदान गर्ने उद्वेश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि. का अध्यक्ष कार्कीले जानकारी दिए।

  प्रतियोगितामा  प्रथम,दोश्रो, तेश्रो र सान्त्वना हुनेले क्रमश: २० हजार,१५ हजार, १० हजार, ५ हजार नगद र प्लस टु अध्ययनका लागि शत प्रतिशत, ७० प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत छात्रबृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ।
   ग्रान्ड फिनालेआगामी ज्येष्ठ  अन्तिम हप्ता गरिने  आयोजकले जनाएको छ। २०८० सालको एस.ई.ई.दिएर बसेका बिद्यार्थीहरु मात्र  प्रतियोगीतामा सहभागी भएका हुन।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान