धरान विशेष

यु.एन.नबोदय कलेजको १२ औ बार्षिकोत्सवमा सम्मान र बिदाई कार्यक्रम

कोले न्युज


   धरान-१६ स्थित  यु.एन. नबोदय कलेजको १२ औ बार्षिकोत्सव शनिवार बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ।

     धरान-१५ स्थित चुम्लुङ हिममा भएको कार्यक्रममा   नेपाल थर्ड टपर, प्रदेस थर्ड टपर र विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

  त्रिभुवन विश्वबिद्यालयले लिएको बिएचएम दोश्रो सेमेष्टरको परीक्षामा नेपाल थर्ड हुने स्मारिका श्रेष्ठलाई नगद ३० हजार र सम्मान पत्रले सम्मान गरिएको छन।

स्मारिकाले जिपिए ३ दसमलब ९६ ल्याएकी थिइन।
त्यस्तै बिएचएम दोश्रो सेमेष्टरको परीक्षामा कोशी प्रदेस थर्ड टपर हुने रोजिना राईलाई १५ हजार नगद र सम्मान पत्रले सम्मान गरिएको थियो। रोजिनाले जिपिए ३ दसमलब ९१ ल्याएकी थिइन। सम्मानित हुने छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) कोशी प्रदेसका निर्देशक जीवन गड्तौला, कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख/प्रीन्सिपल डम्बर कुमार तुम्बापोले सम्मान गरे।

 कलेजको बेस्ट स्टुडेन्ट अफ द यियर, बेस्ट डिसिप्लिन स्टुडेन्ट अफ द यीयर लगायत विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरियो।

  यसैबिच कलेजको कक्षा-१२ को अध्ययन पूरा गरेर परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई बिदाई गरिएको छ। कलेजका म्यानेजिङ डाईरेक्टर झा, प्रीन्सिपल तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ , पब्लिक रिलेसन अफिसर राम बहादुर लिम्बू लगायतले मायाको चिनो प्रदान गर्नुका साथै अबिर र खदा लगाएर बिदाई गरे।

कार्यक्रमका प्रमुख अतिथि  एनइबीका निर्देशक  गड्तौलाले यु.एन.नबोदय  कलेज प्रदेसकै नमुना कलेज भएको बताउदै कक्षा-१२ का बिद्यार्थीहरुलाई शुभकामना दिए। कलेजका निर्देशक ज्ञानेश्वर झाले यु.एन.नबोदय कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। कलेजका प्रमुख/प्रीन्सिपल डम्बर कुमार तुम्बापोले कक्षा-१२ को बार्षिक परीक्षामा मिहिनेतका साथ अध्ययन गरेर उत्कृष्ट अकं ल्याई कलेजको नाम राख्न सम्पुर्ण बिद्यार्थीहरुलाई आग्रह गरे। कक्षा-१२ को बार्षिक परीक्षा आगामी २०८१ साल बैशाख -१४ गतेबाट सुरु हुदैछ।

कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक गीत र नृत्य प्रस्तुत गरि मनोरञ्जन दिलाएका थिए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।